२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

दुई सातामा सात गुना बढी कोरोनाका सङ्क्रमित थपिए

दुई सातामा सात गुना बढी कोरोनाका सङ्क्रमित थपिए
अ अ+ अ-

काठमाडौँ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । 

नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ पुगेको छ । 

दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त सङ्ख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् । 

हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त सङ्ख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।     

काठमाडौँ उपत्यकामा पनि सङ्क्रमित सात गुनाले वृद्धि

दुई सातामा काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि सङ्क्रमिको  सङ्ख्या काठमाडौँ उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार ९६६ पुगेको छ । दुई साताअघि सङ्क्रमितको सङ्ख्या काठमाडौँमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई साताअघि तीन सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त सङ्ख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् । 

बिदामा बसेकालाई काममा फर्किन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदामा बसेका आफ्ना कर्मचारीलाई तुरुन्त काममा फर्कन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सङ्क्रमण ह्वात्तै बढेका कारण उनीहरुलाई काममा फर्किन निर्देशन दिइएको हो । 

मन्त्रालयले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनसमेत निर्देशन दिएको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएका कारण कर्मचारीलाई लामो बिदा दिन नसकिने जनाएको छ । मन्त्रालयले जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दीअनुसार रिक्त भएको पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न तथा थप जनशक्ति आवश्यक भएमा पाँच महिनाका लागि करार सेवामा लिनसमेत अस्पताललाई निर्देशन दिएको छ ।  विक्रम गिरी/रासस