• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एस्टन भिल्लासँग चेल्सी पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी एस्टन भिल्लासँग घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको हो ।

भिल्लालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७३ औं मिनेटमा ओल्ली वाटकिन्सले गरे ।

जितसँगै ६ खेलमा १२ अंक जोडेर भिल्ला तालिकाको छैटौं स्थानमा उक्लिएको छ । चेल्सी भने समान खेलबाट ५ अंकसहित १४ औं स्थानमा छ ।