२२ असार २०८३, सोमबार
,
Latest
देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित



अ+ अ-

जापान । जापानमा मङ्गलबार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराउको तथ्याङ्कले देखाएको छ ।

विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाब पारे झै जापानमा पनि कोभिड सङ्क्रमित हुने र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । 

मङ्गलबार मात्र भाइरस सङ्क्रमित ५५ जनाको मृत्यु भएको र यससँगै कोभिड–१९ सङ्क्रमित १० हजार ८० जनाको मृत्यु भइसकेको छ ।

 जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल सङ्क्रमित भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।  स्वास्थ्य मन्त्रालयले अहिले गम्भीर समस्या भई भेन्टिलेटरमा राखिएका ब्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ । जापानको राजधानी टोकियो, ओसाकालगायतका क्षेत्रमा सङ्क्रमण दर बढी रहेको छ ।