काठमाडौं । आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख गर्दै सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गने जनाएको छ ।
तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी हुने गर्छ । कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न कसरी सकिन्छ यस बारे आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले बताएका छन् ।
बिहान उठ्नेबित्तिकै दुई गिलास पानी पिउदा शरीरबाट विषाक्त पदार्थ निस्कन्छ अनि मिर्गौला स्वस्थ रहन्छ ।
एक गिलास पानी व्यायाम गर्नुभन्दा १० मिनेटअघि पिउदा ऊर्जाको मात्रा सही रहन्छ ।
दुई गिलास पानी व्यायाम गरेको २० मिनेटपछि पिउनुदा शरीर आर्द्र रहन्छ ।
एक गिलास पानी चिया वा कफी पिउनुभन्दा अघि पिउदा एसिडटी हुन पाउँदैन ।
एक गिलास पानी नुहाउनुभन्दा अघि पिउदा रक्तचाप स्थिर रहन्छ ।
एक गिलास पानी खाना खानुभन्दा आधी घन्टाअघि पिउदा पाचन राम्रो बनाउँछ ।
खाना खाँदा दुई चुस्की पानी लिदा खाना मज्जाले पच्छ ।
साँझ नास्ता गर्नुभन्दा अघि एक गिलास पानी पिउदा स्वास्थ्यलाई फाइदा पुग्छ ।
थकान र टेन्सन हुँदा एक गिलास पानी पिउदा मानसिक आराम पाउनुहुनेछ ।
सुत्नुअघि एक गिलास पानी पिउनुदा हृदयघातबाट बच्न सकिन्छ ।











