२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज ‘नर्थ लण्डन डर्बी’



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज ५ खेलहरु हुँदैछन् । साँझ ६ः४५ बजे चार खेल र राति ९ः१५ बजे एक खेल हुँदैछ । ६ः४५ बजे एकै समयमा आर्सनल र टोटेनहम, लिभरपुल र वेस्टहाम युनाइटेड, ब्राइटन र बर्नमाउथ तथा शेफिल्ड युनाइटेड र न्युक्यासल युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

योमध्ये आज नर्थ लण्डनका दुई क्लबबीचको डर्बी खेल निकै रोमाञ्चक हुनेछ । आर्सनल र टोटेनहम दुबै नर्थ लण्डनका क्लबहरु हुन् । दुबै जारी सिजनमा अपराजित रहेका छन् । हालसम्म पाँच खेल खेलिएकामा दुबै टिमले समान ४–४ खेल जितेका छन् भने एक खेल बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेल आर्सनलको इमिरेट्स मैदानमा हुने भएकाले आर्सनलले घरेलु समर्थकको फाइदा उठाउने छ । हालसम्म यी दुई टोली प्रिमियर लिगमा ६२ पटक आमनेसामने भएका छन् । तुलनात्मक रुपमा आर्सनल टोटेनहम भन्दा बलियो देखिन्छ । आर्सनलले २४ खेल जित्दा १५ खेल टोटेनहमले जितेको छ । २३ खेल बराबरी भएका छन् ।

घरेलु मैदानमा आर्सनलले १८ खेल जितेको छ भने टोटेनहमले १३ खेल जितेको छ । यस्तै अवे खेलमा आर्सनल ६ पटक विजयी हुँदा टोटेनहम २ पटक विजयी भएको छ । यी दुई टोली पछिल्लो पटक जनवरी १५ मा भिडेका थिए ।

टोटेनहमको घरेलु मैदानमा आर्सनलले उसलाई २–० गोलले स्तब्ध पारेको थियो । यस्ते, अक्टुबर १ मा पनि आर्सनलले टोटेनहमलाई घरेलु मैदान इमिरेट्समा ३–१ गोलले पराजित गरेको थियो ।

प्रिमियर लिग अंक तालिकामा टोटेनहम ५ खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंक रहेको आर्सनल गोलडिफरेन्सका आधारले चौंथो स्थानमा रहेको छ ।