काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुको शल्यक्रिया सफल भएको छ । उनको चीनको लोंगवान हस्पिटलमा घुँडाको शल्यक्रिया गरिएको एन्फाले जनाएको छ ।
सरुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)का बाँकी खेल गुमाउनेछिन् । जारी एसियाडको महिला फुटबल अन्तर्गत शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट बोकेकी सरुले बाँकी खेल गुमाउने भएकी हुन् ।
समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा बायाँ खुट्टा ट्विस्ट भएपछि सरुले मैदान छाड्नु परेको थियो ।
चोटका कारण सरुले झण्डै ९ महिना मैदान बाहिर रहनुपर्ने अनुमान गरिएको छ । भिएतनामविरुद्धको खेलमा नेपाल २–० ले पराजित भएको थियो । नेपालले भोलि सोमबार जापानसँग खेल्नेछ ।