२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाको सानदार कमब्याक



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले रोेमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना दुई गोलले पछि परेको अवस्थामा सानदार कमब्याक गर्दै सेल्टा भिगोलाई ३–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई रोमाञ्चक जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा जोआओ कान्सेलोले एक गोल गरे । खेलको १९ औं मिनेटमा जोर्गन लार्सेनले तथा ७६ औं मिनेटमा एनास्टासिओस डोभिकासले गोल गर्दै पाहुना टोली सेल्टालाई २–० को अग्रता दिलाएका थिए ।

तर, ८१ औं र ८५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा कान्सेलोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितसँगै बार्सिलोना ६ खेलबाट १६ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंकका साथ सेल्टा भिगो १७ औं स्थानमा छ ।