२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको लगातार छैटौं जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक विजेता म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले नटिङहम फरेस्टलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हालाण्डले एक–एक गोल गरे । दुबैले पहिलो हाफमा गोल गरेका हुन् । खेलको सातौं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा हालाण्डले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटीले ३ अंक बटुल्यो । खेलको दोस्रो हाफमा भने सिटी १० खेलाडीमा समेटिएको थियो ।

सिटीका रोड्री खेलको ४६ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सिटीको यो लगातार छैटौं जित हो । उसले शतप्रतिशत जित निकालेको छ ।

६ खेलमा १८ अंकका साथ सिटी तालिकाको शीर्षस्थानमा छ । नटिङहम समान खेलबाट ७ अंकका साथ ११ औं स्थानमा छ ।