२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

भिड त्रासले पर्वतका सबै विद्यालय बन्द

भिड त्रासले पर्वतका सबै विद्यालय बन्द
अ अ+ अ-

पर्वत । कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसिएमसी०को समन्वयमा पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।
 
जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण देखिएको र छिमेकी नगरका विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको लक्षण देखिएकाले नगरपालिकाले वैशाख १७ गतेसम्म नगरअन्तर्गतका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार कोरोना सङ्क्रमण बढेका कारण विद्यालय बन्दको अवधि बढ्नसक्छ । उहाँले चैत १७ गतेसम्मको अवधिमा देखिने प्रभावलाई मूल्याङन गर्दै नगरपालिकाले थप निर्णय गर्ने बताउनुभयो ।
 
छिमेकी जिल्ला बागलुङमा धमाधम विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जलजला गाउँपालिकाले भौतिक उपस्थितिमा पठनपाठन अनिश्चितकालका लागि बन्द गरेको छ । वैशाख १३ गतेदेखि पालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयलाई भुर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँले पठनपाठनसँगै परीक्षासमेत स्थगन गरिएको बताउनुभयो ।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले वैकल्पिक माध्यमवाट कक्षा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले विद्यालय प्रशासन खुला भए पनि विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेको बताउनुभयो । फलेवास नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाअन्तर्गत सम्पूर्ण विद्यालय वैशाख २१ गतेसम्म बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहादीले वैशाख २२ गतेसम्म र मोदी गाउँपालिकाले वैशाख १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय जनाएका छन् ।
 
यता महाशिला गाउँपालिकाले भने नियमितरूपमा कक्षा सञ्चालन गरिएको बताएको छ । गाउँपालिका प्रवक्ता जीवन उच्चै ठकुरीले विद्यालयमा सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरेको प्रतिक्रिया दिनुभयो । उहाँले आइतबारदेखि दुई चरणमा वार्षिक परीक्षा सञ्चालन गर्नेसमेत बताउनुभयो । महाशिला गाउँपालिकामा कोरोनाको प्रभाव खासै नदेखिएकाले नियमितरूपमा विद्यालय सञ्चालन गर्ने उहाँको भनाइ छ ।