२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु
अ अ+ अ-

भजनी । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो । 

वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने  उद्देश्यले काम शुरु गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताउनुभयो । “ढल निकासका लागि हामीले वषौँदेखि प्रक्रिया अगाडि बढाएका थियौँ । जुन आज आएर सफल भएको छ”, संस्थाका अध्यक्ष रावलले भन्नुभयो, “टीकापुरमा बर्सेनि वर्षात्को समयमा हुने ठूलो क्षति कम हुने छ । टीकापुरवासीको लामो समयको सपना पनि पूरा हुने भएको छ ।” 

खानेपानी संस्थाले सुपरीवेक्षणको काम गर्दै आएको छ । संस्थाले यस आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो । २९।५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापन गरिनेछ । सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुनेछ । जसले डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा नगरपालिकाको वडा नं १ बजार क्षेत्रमा र शक्तिनगर शिविरमा काम हुनेछ । बाढीका कारण सबैभन्दा प्रभावित हुने पनि बजार क्षेत्र र शिविर क्षेत्र भएकाले पहिलो चरणमा त्यहीअनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताउनुभयो ।

रु ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण हुनलागेको आयोजनाको ठेक्का टुडी कन्ट्रकशनले पाएको छ । कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ । आयोजनाले दुई क्षेत्रमा काम  गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिनुभयो । “ढल निकास र मानव मलमूत्र व्यववस्थापन गरी दुई क्षेत्रमा काम भइरहेको छ ।” परामर्शदाता रोस्याराले भन्नुभयो, “दुई कार्यक्रममध्ये मानव मलमूत्र व्यवस्थापन कार्यक्रम एक वर्षमा र ढलको नाली निर्माणको काम दुई वर्षमा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।”

उहाँले सन् २०२० डिसेम्बरमा ठेकेदार कम्पनीसँग आयोजनाको सम्झौता भएको बताउँदै समयमै काम सम्पन्न हुने गरी नै काम अगाडि बढाइएको बताउनुभयो । मानव मलमूत्रको व्यवस्थापनले पदूषणलाई कम गर्दै जैविक मल उत्पादनमा सहयोग पुग्ने छ । अहिले नागरिकको शौचालयको सेफ्टी ट्याङ्कीमा जम्मा भएको मलमूत्रलाई प्रविधिको प्रयोग गरी मल उत्पादन गरिने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । जसले प्राकृतिक पदूषणलाई रोक्नुका साथै जैविक मल उत्पादनमा टेवा पुर्याउने विश्वास गरिएको छ ।