काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको हो।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।
कांग्रेसले पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।











