• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान



एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गर्नुभएको छ ।

चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शान्ति, एकता र समावेशीता प्रवर्द्धन गर्न आह्वान गर्नुभएको हो ।

राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वव्यापी रूपमा मानवजातिले अकल्पनीय चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्र्दै चिनियाा कम्युनिष्ट पार्टीका महासचिव सीले एसियाली जनताले ती चुनौतीहरूलाई पनि ऐतिहासिक अवसरका रुपमा लिएर एकजुट भई सामना गर्नुपर्ने बताउनुभयो । उहाँले साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

“एसियाली खेलकुदले एकअर्कालाई सांस्कृतिक रुपमासमेत समीप ल्याउँछ र एकअर्कालाई समृद्ध बनाउँछ । एसियाली संस्कृतिबाट एकअर्कालाई सिक्न, बुझ्न र एसियाली सभ्यता अनुभूत गर्न मद्दत पुग्नेछ,”खेलकुदको माध्यमबाट समावेशीता प्रवर्द्धन हुने तथा आपसी विश्वास वृद्धि हुने बताउँदै राष्ट्रपति सीले भन्नुभयो ।

यही असोज २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मा, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।

अठचालिस देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी (आइओसी)ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छभने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो । धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।

एसियाड पनि भनिने यो खेलकुद प्रतियोगिताको आयोजना चीनले तेस्रोपटक गरेको हो । सन् १९९० मा बेइजिङ र सन् २०१० ग्वाङझाउमा एसियाड भएको थियो । कोभिड महामारीका कारण निर्धारित मितिमा हुन नसकेको यो प्रतियोगिताको औपचारिक संस्करण एसियाड २०२२ हो ।

एकसट्ठी खेलमा स्पर्धा हुने उक्त प्रतियोगिताअन्तर्गत ५६ स्थानमा खेल हुनेछन् भने चार सय ८१ वटा स्र्णपदकलाई लक्ष्य बनाएर ४८ देशका खेलाडी मैदानमा उत्रेका छन् । औपचारिक रुपमा शनिबार अपराह्न प्रारम्भ हुने एसियाडका क्रिकेट, फुटबल, भलिबल, बिचभलिबललगायत खेल असोज २ गतेदेखि नै भइरहेका छन् ।