काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेले आज अपराह्न ४ बजे सपथको कार्यक्रम रहेको जानकारी गराए ।
नयाँ मन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र काभ्रेका सांसद चन्द्र लामाको सम्भावना बढी रहेको स्रोतको भनाइ छ।











