२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

यस्तो देखियो आज पनि बसपार्कमा घर जाने यात्रुको भीड (भिडियो सहित)

यस्तो देखियो आज पनि बसपार्कमा घर जाने यात्रुको भीड (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । काठमाडौंको गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार)पनि देखिएको छ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो । भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । 

बुधबार पनि गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंका सहित मानिसहरु घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो । भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो । टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् । 

टिकट खरिद गर्नका लागि भीडमा बस्नुपर्दा कोभिड सर्ने हो की भन्ने डर यात्रुहरुमा छ । कतिपय यात्रुहरु मास्कको प्रयोग ठिक ढङ्गले गरिरहेका देखिदैनन् । त्यस्तै स्वास्थ्य मापदण्डका कुनैपनि विधिहरु अवलम्बन गरिएको पनि देखिदैन् । भीड हेर्दा यस्तो लाग्छ की कतै यहिंबाट मानिसहरु संक्रमणमा परेर गाउँगाउँमा पुग्दैछन् । कतिपय यात्रुहरुले निषेधाज्ञा जारी हुनु भन्दा अगाडि दुई दिन मात्रै समय दिंदा भिडभाड बढेको बताएका छन् । कोभिड संक्रमण हुन सक्ने जोखिम हुँदाहुँदै पनि आफूहरु टिकट लिन भीडमा जानुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।  

नयाँ बसपार्कबाट देशभरका सबै जिल्लाका लागि सार्वजनिक यातायात छुटने गर्छन् । यहाँबाट दैनिक ८ सय देखि एक हजारको संख्यामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । अन्य  समयमा यात्रु नपाएर खाली हिंडन बाध्य सार्वजनिक यातायातहरु मंगलबार र बुुधबार भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।