४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले बन्द गर्यो क्यानडामा भिसा सेवा



अ+ अ-

काठमाडौँ। भारतले क्यानाडामा भिसा सेवा बन्द गरेको छ । क्यानडास्थित भारतीय नियोगले सञ्चालन समस्याका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ ।

भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलएसको वेबसाइटबाट यो जानकारी सेयर गरिएको छ । “भारतीय मिशनबाट महत्त्वपूर्ण जानकारी– परिचालन कारणहरूले गर्दा, भारतीय भिसा सेवाहरू २१ सेप्टेम्बर २०२३ देखि अर्को सूचना नभएसम्म निलम्बन गरिएको छ।

थप अपडेटहरूको लागि कृपया बीएलएस वेबसाइट जाँच गरिरहनुहोस्”, क्यानाडाको इन्डियन भिसा सेन्टरले आफ्नो वेबसाइटमा उल्लेख छ । क्यानाडामा खालिस्तानको माग गर्ने एक सिख नेताको हत्या भएपछि भारत र क्यानडाबीच कूटनीतिक विवाद जारी छ ।

यसअघि क्यानाडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। यसपछि भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई पनि निष्कासन गरेको थियो ।