२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बार्सिलोनाको सहज जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन जोआओ फेलिक्सले दुई तथा रोबर्ट लेवान्डोस्की र गाभीले एक–एक गोल गरे ।

एक गोल भने एन्टवेर्पका जेले बटाइलेले आत्मघाती गोल गरेका थिए । समूह एच मा रहेको बार्सिलोनाले जितसँगै तीन अंक जोडेको छ ।

यसै समूहमा भएको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युक्रेनी क्लब शाख्तार डोनेस्कलाई उसकै मैदानमा ३–१ गोलले पराजित गर्यो ।