३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बार्सिलोनाको सहज जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन जोआओ फेलिक्सले दुई तथा रोबर्ट लेवान्डोस्की र गाभीले एक–एक गोल गरे ।

एक गोल भने एन्टवेर्पका जेले बटाइलेले आत्मघाती गोल गरेका थिए । समूह एच मा रहेको बार्सिलोनाले जितसँगै तीन अंक जोडेको छ ।

यसै समूहमा भएको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युक्रेनी क्लब शाख्तार डोनेस्कलाई उसकै मैदानमा ३–१ गोलले पराजित गर्यो ।