११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार नेप्से परिसूचक २५.८२ अंकले उकालो, ४ अर्बभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५.८२ अंकले उकालो लागेको छ । यस दिन १ प्रतिशतले बढेर २ हजार ६११.१० विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार नेप्से इन्डेक्स पनि ३.९१ अंकले बढेको छ । यस दिन ०.८४ प्रतिशतले बढेर ४ सय ६९.०२ विन्दुमा पुगेर इन्डेक्स बन्द भएको छ ।

आजको शेयर कारोबार रू. ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता भएको छ । आज २ हजार ६०१.२१ विन्दुदेखि खुला भएको बजार २ हजार ५९८ विन्दुसम्म झरेको थियो । यो दिन कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा एनसीसी बैंकले ओगटेको छ । उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. ३५२ कायम भएको छ ।

२१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यसदिन होटल्स तथा पर्यटन समूह र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत् समूहको ३.४८ प्रतिशत बढेको छ । 

सिंगटी हाइड्रो इनर्जीको बिहीबार धितोपत्र बजारमा दोस्रो कारोबार दिन रहेको छ । पहिलो कारोबार दिन ७.८४ प्रतिशत बढेको उक्त कम्पनीको शेयरमूल्य बिहीबार उच्च दरमा बढेको हो ।

बिहीबार महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको ९.९९ प्रतिशत बढेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता रू. २८४ ले बढेर अन्तिम मूल्य रू. ३ हजार १२५ र सिंगटी हाइड्रो इनर्जीको प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको हो ।

त्यस्तै, बैंकिङ्गको ०.४३ प्रतिशत, विकास बैंकको ०.९८ प्रतिशत, वित्तको ०.४२ प्रतिशत, निर्जीवन बीमाको ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८४ प्रतिशत बढेको छ । यसैगरी अन्यको २.५४ प्रतिशत, लघुवित्तको ०.८६ प्रतिशत, जीवन बीमा समूहको ०.८५ प्रतिशत र म्युचुअल फण्डको ०.०९ प्रतिशत परिसूचक बढेको छ ।

यसदिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको २.८२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य २.३० प्रतिशत घटेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. २४१ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ८ ले घटेर अन्तिम मूल्य रू. ३४० कायम भएको हो ।

उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बजार सम्बद्ध निकायहरुले अनलाईन कारोबार र रकम भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुलाई कारोबार नगर्नसमेत आग्रह गरेका छन् ।