२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः ललितपुर र धनगढीले अङ्क बाँडे



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय गरे । यस्तै खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरीयो ।

यस्तै खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उनले पहेलो कार्ड पाए। सोही वापत ललितपुरले पेनाल्टी पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई अग्रता दिलाए । 

यसैगरी खेलको ७९ औं मिनेटमा ललितपुरले गोल गर्दै खेल बराबरीमा पुर्यायो । उसका लागि रञ्जन विष्टले गोल गरे । एक एक गोलको बराबरी खेलेपछि दुवैैले एक एक अङ्क बाँडेका छन् । बराबरीपछि धनगढीको तीन खेलमा चार अङ्क छ भने लतिलपुरको तीन खेलमा दुई अङ्क छ ।