२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९औं एसियाडमा नेपाली क्रिकेटको लक्ष्य सुखद् नतिजा



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औं एशियन गेम्समा सुखद् नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औं एशियन गेम्सको औपचारिक शुरुवात हुँदैछ । एशियन गेम्समा पुरुष क्रिकेटको प्रतिष्पर्धा असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा हुँदैछन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी राम्रो भएकाले नतिजा पनि सुखद् ल्याउने आशा व्यक्त गर्नुभयो । एशियन गेम्समा क्रिकेटको प्रतिष्पर्धा ट्वान्टी–२० फरम्याटमा हुँदैछ । कप्तान रोहितले सबैको आ–आफ्नो भुुमिका तय भइसकेकोले त्यहीअनुसार सबैले आफ्नो जिम्मेवारी काम गरिरहेको बताउनु भयो । टोलीले आक्रामक रणनीतिका खेल्ने रणनीतिका साथ योजनाका साथ तयारी गरिरहेको धारणा राख्नुभयो ।

नेपाल एशियन गेम्सको पुरुष क्रिकेटमा समूह ‘ए’ मा छ । यो समूहमा तुलनात्मक रूपमा निकै कमजोर मानिएका मंगलोलिया र माल्दिभ्स छन् । यद्यपि, रोहितले कुनैपनि टोलीलाई बलियो र कमजोर नआँक्ने भन्दै आफ्नै खेल प्रश्तुत गर्ने बताएका छन् । साथै राखेपले पनि पदकको आशामा राखेर क्रिकेटलाई एशियन गेम्समा सहभागिता गराएकाले लक्ष्यअनुसार नै नेपाली टोलीले पदकका लागि खेल्ने विश्वास व्यक्त गरेका छन् ।

समूहमा शीर्ष स्थानमा प्राप्त गर्ने टोलीले सिधै क्वार्टरफाइनलमा प्रतिष्पर्धा गर्नेछ । विश्व क्रिकेटका बलिया राष्ट्र भारत, पाकिस्तान र श्रीलंकासहित बंगलादेशले पनि प्रतिष्पर्धा गर्दैछ । यी चार राष्ट्रले सीधै क्वार्टरफाइनलमा खेल्ने तय छ । चार समूहका विजेताले ‘ड्र’ मार्पmत भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग नकआउट चरणमा प्रतिष्पर्धा गर्नेछन् । यी चारै टेस्ट राष्ट्रले हानझाओ एशियन गेम्समा आफ्ना दोस्रो टोली पठाएका छन् । तर पनि एसोसिएट राष्ट्रका लागि उनीहरूको चुनौति पार गर्न कठिन हुनेछ ।

नेपाली क्रिकेट टोलीका अलराउण्डर गुल्सनले झाले पनि नेपालको तयारी राम्रो भएकाले सुखद् नतिजा आउनेमा आशा व्यक्त गर्नुभयो । पछिल्ला समय लगातार एकदिवसीय खेल खेलिरहेकाले केही ट्वान्टी–२० फरम्याटमा आफूलाई अभ्यस्त गराउने काम मात्र भइरहेको बताउनु भयो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी १९औं एशियन गेम्सका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । सो टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् । विनोदले लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन् । नेपाली टोलीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पछिल्लो चार दिनदेखि तयारी गरिरहेको छ । एसियाडमा नेपाली क्रिकेटको यो तेस्रो सहभागिता हो । एसियाडमा तेस्रो सहभागितालाई नेपाल यादगार बनाउने लक्ष्यमा छन् ।