५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९औं एसियाडमा नेपाली क्रिकेटको लक्ष्य सुखद् नतिजा



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औं एशियन गेम्समा सुखद् नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औं एशियन गेम्सको औपचारिक शुरुवात हुँदैछ । एशियन गेम्समा पुरुष क्रिकेटको प्रतिष्पर्धा असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा हुँदैछन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी राम्रो भएकाले नतिजा पनि सुखद् ल्याउने आशा व्यक्त गर्नुभयो । एशियन गेम्समा क्रिकेटको प्रतिष्पर्धा ट्वान्टी–२० फरम्याटमा हुँदैछ । कप्तान रोहितले सबैको आ–आफ्नो भुुमिका तय भइसकेकोले त्यहीअनुसार सबैले आफ्नो जिम्मेवारी काम गरिरहेको बताउनु भयो । टोलीले आक्रामक रणनीतिका खेल्ने रणनीतिका साथ योजनाका साथ तयारी गरिरहेको धारणा राख्नुभयो ।

नेपाल एशियन गेम्सको पुरुष क्रिकेटमा समूह ‘ए’ मा छ । यो समूहमा तुलनात्मक रूपमा निकै कमजोर मानिएका मंगलोलिया र माल्दिभ्स छन् । यद्यपि, रोहितले कुनैपनि टोलीलाई बलियो र कमजोर नआँक्ने भन्दै आफ्नै खेल प्रश्तुत गर्ने बताएका छन् । साथै राखेपले पनि पदकको आशामा राखेर क्रिकेटलाई एशियन गेम्समा सहभागिता गराएकाले लक्ष्यअनुसार नै नेपाली टोलीले पदकका लागि खेल्ने विश्वास व्यक्त गरेका छन् ।

समूहमा शीर्ष स्थानमा प्राप्त गर्ने टोलीले सिधै क्वार्टरफाइनलमा प्रतिष्पर्धा गर्नेछ । विश्व क्रिकेटका बलिया राष्ट्र भारत, पाकिस्तान र श्रीलंकासहित बंगलादेशले पनि प्रतिष्पर्धा गर्दैछ । यी चार राष्ट्रले सीधै क्वार्टरफाइनलमा खेल्ने तय छ । चार समूहका विजेताले ‘ड्र’ मार्पmत भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग नकआउट चरणमा प्रतिष्पर्धा गर्नेछन् । यी चारै टेस्ट राष्ट्रले हानझाओ एशियन गेम्समा आफ्ना दोस्रो टोली पठाएका छन् । तर पनि एसोसिएट राष्ट्रका लागि उनीहरूको चुनौति पार गर्न कठिन हुनेछ ।

नेपाली क्रिकेट टोलीका अलराउण्डर गुल्सनले झाले पनि नेपालको तयारी राम्रो भएकाले सुखद् नतिजा आउनेमा आशा व्यक्त गर्नुभयो । पछिल्ला समय लगातार एकदिवसीय खेल खेलिरहेकाले केही ट्वान्टी–२० फरम्याटमा आफूलाई अभ्यस्त गराउने काम मात्र भइरहेको बताउनु भयो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी १९औं एशियन गेम्सका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । सो टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् । विनोदले लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन् । नेपाली टोलीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पछिल्लो चार दिनदेखि तयारी गरिरहेको छ । एसियाडमा नेपाली क्रिकेटको यो तेस्रो सहभागिता हो । एसियाडमा तेस्रो सहभागितालाई नेपाल यादगार बनाउने लक्ष्यमा छन् ।