३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन नीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ– प्रचण्ड



अ+ अ-

काडमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन नीतिका पछाडि दीर्घकालीन रणनीति हुने बताउनुभएको छ । पार्टीको यस्तै नीति नबुझ्दा विगतमा माओवादी पार्टी फुटेको र अहिले बुझ्न थालेपछि विस्तारै पार्टीमा फर्किन थालेको उहाँले बताउनुभयो । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको जुम्ला जिल्ला समितिलाई आज माओवादीमा प्रवेश गराउँदै उहाँले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किन थालेको बताउनुभयो । उहाँले अन्य साथीहरुलाई पनि पार्टीमा फर्कन आह्वान गर्नुभयो ।

विगतमा पार्टीले बनाएको नीतिप्रति भ्रम सिर्जना भएर पार्टी छोड्नेहरु अहिले पार्टीको दीर्घकालीन रणनीति बुझेर मूल पार्टीमा फर्किन थालेको उहाँको भनाइ थियो । 

विप्लव नेतृत्वको जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतका जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।