• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

घरेलु मैदानमै हार्यो पिएसजी, एम्बाप्पेको दुई गोल गयो खेर



एजेन्सी । फ्रेन्च शीर्ष लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हार बेहोरेको छ । गएराति भएको खेलमा पिएसजी नाइससँग आफ्नै मैदानमा २–३ गोलले स्तब्ध बनेको हो ।

पिएसजीका लागि किलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । उनले २९ औं र ८७ औं मिनेटमा गोल गरेका थिए । यता, नाइसलाई जित दिलाउन टेरेम मोफीले दुई तथा जाइटान लाबोर्डेले एक गोल गरे ।

मोफीले २१ र ६८ औं तथा लाबोर्डेले ५३ औं मिनेटमा गोल गरेका थिए । यो नतिजासँगै नाइस ५ खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पिएसजी समान खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा छ ।