३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभरकुसेनसँग बराबरीमा रोकियो बायर्न



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले लेभरकुसेनसँग घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ७ औं मिनेटमा ह्यारी केनको गोलबाट बायर्नले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर, २४ औं मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गर्दै लेभरकुसेनलाई १–१ को बराबरीमा ल्याए ।

८६ औं मिनेटमा लिओन गोरेट्ज्काले गोल गर्दै बायर्नलाई २–१ गोलले अघि बढाए । तर, ९४.४ मिनेटमा एक्सेक्वेल पालासिओसले गोल गर्दै लेभरकुसेनलाई २–२ को बराबरी गर्दै हारबाट जोगाए ।

यो नतिजासँगै ४ खेलमा १० अंकसहित लेभरकुसेन तालिकाको शीर्षस्थानमा रहेको छ । समान खेलबाट समान अंक रहेको बायर्न गोल डिफरेन्सका आधारले दोस्रो स्थानमा छ ।