७ भाद्र २०८३, आईतवार
,
Latest
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले भारतलाई ६ रनले हरायो



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ को सुपर–४ को अन्तिम खेलमा भारत पराजित भएको छ । अन्तिम ओभरसम्म चलेको रोमाञ्चक खेलमा टोली प्रतियोगिताबाट बाहिरिएको बंगलादेशसँग ६ रनले पराजित भएको हो । सन् २०१२ पछि यस प्रतियोगितामा बंगलादेले भारतलाई पराजित गर्यो ।

प्रतियोगिताको चालू सिजनमा भारतको यो पहिलो हार हो, यद्यपि यस खेलको जित वा हारले प्रतियोगितामा कुनै फरक परेन, किनभने भारतीय टोली फाइनलमा प्रवेश गरिसकेको छ । अब सेप्टेम्बर १७ मा उसले उपाधिका लागि साविक विजेता श्रीलंकासँग खेल्नेछ ।

भारत र बंगलादेशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको थियो । भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा २६५ रन बनायो । जवाफमा भारतीय टोली ५० ओभरमा २५९ रनमा अलआउट भयो ।

भारतीय टोलीलाई अन्तिम १८ बलमा ३१ रन आवश्यक थियो । अक्षर पटेल र शार्दुल ठाकुर खेलिरहेका थिए । दुवैले केही राम्रा प्रहार खेले । कुनै समय टिमलाई १२ बलमा १७ रन आवश्यक थियो ।

यस्तो अवस्थामा बंगलादेशी कप्तान शकिब अल हसनले बल मुस्ताफिजुर रहमानलाई दिए । रहमानले ४९ औं ओभरको पहिलो बलमा शार्दुल ठाकुर र चौथो बलमा अक्षर पटेलको विकेट लिएर खेललाई बंगलादेशतर्फ फर्काए ।

ओपनर शुभमन गिलले आफ्नो एकदिवसीय करियरको पाँचौ शतक प्रहार गरे । गिलले ९०.९७ को स्ट्राइक रेटमा १३३ बलमा १२१ रन बनाए ।

भारतले १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले भारतलाई सम्हाले । दुवैले तेस्रो विकेटका लागि ८७ बलमा ५७ रनको साझेदारी गरे । यो साझेदारी शेख मेहदी हसनले राहुललाई आउट गरेर तोडेका थिए ।

२६६ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले पहिलो ओभरमै रोहित शर्माको विकेट गुमाएको थियो । तिलक वर्मा पनि तेस्रो ओभरमा ५ रन बनाएर बोल्ड भए । दुवैलाई डेब्यु गरेका तन्जिम हसनले आउट गरेका थिए । १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले पावरप्लेमा टिम इन्डियाको थप विकेट खस्न दिएनन् र स्कोर ४२ रनमा पुर्याएका थिए ।

बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो । टोलीले भारतलाई २६६ रनको लक्ष्य दिएको थियो । कप्तान शकिब अल हसनले ८० रनको इनिङ खेले । उनले आफ्नो ५५ औं अर्धशतक प्रहार गरे भने तौहिद हृदयोयले आफ्नो एकदिवसीय करियरको ५ औं अर्धशतक बनाए । तौहिद ५४ रन बनाएर आउट भए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै, मोहम्मद शामीले २ विकेट लिए ।