१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

हाम्रा खिस्सीट्युरी गर्नेहरुको स्थानीय तहको निर्वाचनमा हरिबिजोग हुन्छ :अध्यक्ष नेपाल (भिडियोसहित)

हाम्रा खिस्सीट्युरी गर्नेहरुको स्थानीय तहको निर्वाचनमा हरिबिजोग हुन्छ :अध्यक्ष नेपाल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामथ्र्य देखिने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्य देखिने बताउनुभएको हो ।

चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उहाँले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुने बताउनुभयो । उहाँले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ ।

जसको चुनाव चिन्ह कलम हो । वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा हामी पुगौँ । जनताको माझमा पार्टीको प्रचार–प्रसार गर्ने काममा, संगठन बनाउने काममा, जनपरिचालन गर्ने काममा लागि परौँ भन्दै म सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई यस अवसरमा आव्हान गर्दै यो पार्टीको सामथ्र्य शक्ति चुनावको मैदानमा देखिनेछ । बिगत दुई पटकको चुनावमा देखिएको छ । राष्ट्रिय सभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले । राष्ट्रिय सभाको दोस्रो चुनावमा पनि देखाएका छौँ हामीले अब स्थानीय तहको चुनावमा हाम्रो सामथ्र्य देखिनेछ । र हाम्रा खिस्सीट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरु पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने धारणा राख्नुभयो । प्रतिगामी भूमिका खेल्नेहरु पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उहाँको भनाई छ । राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडी सार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आउने वैशाख ३० गतेको यो चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । जसले प्रगतिशील भुमिका खेलेको छ । त्यसको उच्च मुल्यांकन हुनुपर्दछ । जसले प्रतिगामी भुमिका खेलेको छ, त्यसले दण्डित हुनुपर्दछ । प्रतिगामी भुमिका खेल्नेहरु, आन्दोलनको विकासमा बाधक हुनेहरु यदी पुरस्कृत हुन पुगे भने हाम्रो यो समाज बाँच्न लायक हुँदैन । त्यस हुनाले यो राजनीति जनताको प्यारो राजनीति हुन सक्दैन । राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने राजनीतिमा असल प्रवृत्ति, असल चरित्र, असल पात्रहरुलाई अगाडी सार्नुपर्दछ ।’

अध्यक्ष नेपालले युट्युवले झुठा समाचार र झुठा सूचनाहरु आएका कारण यसप्रति गुनासोहरु आइरहेकाले झुठा समाचार सूचना सम्प्रेषण नगर्न आग्रह समेत गर्नुभयो । उहाँले युट्युवरहरुलाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । सञ्चारमाध्यमलाई सही बाटोमा हिडाउनका लागि राज्यले प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले मैले सुनिरहेको छु की, युट्युवमाथि कतिपय गुनासाका कुराहरु पनि छन् । गुनासा सबैको होलान् । सबैको होला । अलिअलि त्रुटी हुँदाखेरी, कमजोरी हुँदाखेरी, दुरुपयोग हुँदाखेरी विरोधको भावनाहरु जाग्दछ । समाजमा त्यसले नराम्रो शन्देश दिदाँखेरी, झुठा समाचारहरु, झुठा सूचनाहरु, गलत सूचनाहरु या बंग्याएर प्रसारित गरिने त्यस्ता सूचनाहरुले मानिसलाई आहत पनि पार्दछ । र कतिपय मानिसहरुको मानसिकतालाई पनि खल्बल्याइदिन्छ ।

मान्छे डिप्रश हुन पुग्दछ । त्यस हुनाले जिम्मेवार भएर नै सञ्चार माध्यमले आफुलाई प्रस्तुत गर्नुपर्दछ । त्यस हुनाले सहि बाटोमा जानका लागि राज्यले सबैलाई उत्प्रेरित गर्नुपर्दछ । र सही बाटोमा लानका लागि सिकाउनु पनि पर्दछ । कहिलेकाहीँ चेतावनी पनि दिनुपर्दछ । केही गर्दापनि पार लागेन भने अन्तिम उपाय पनि अपनाउन सकिन्छ । तर कमजोरी सुरु भयो भन्ने बित्तिकै अन्तिम अस्त्रको प्रयोग गर्नु हुँदैन । यस अर्थमा म युट्यवका प्रयोगकर्ताहरुलाई पनि भन्न चाहान्छु, तपाईहरु जिम्मेवार भएर प्रस्तुत हुनुस् । पहिलो प्रयोग गर्नेलाई नियन्त्रण गर्नुपर्छ । दोस्रो त्यसले सिस्टमले नै काम गर्न सकेन भने अर्को हिसाबले जानुपर्ने अन्तिम विकल्प बाँकी रहन्छ ।’

अध्यक्ष नेपालले मिडियाको जनचेतना जघाउने, देशभक्तिको भावना जघाउने र लोकतन्त्रका मुल्य, मान्यतालाई आत्मसात् गर्नलाई अभिप्रेरित गर्ने जिम्मेवारी भएकाले सोही अनुसार लाग्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।