२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने तयारीमा काठमाडौँ महानगर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने भएको छ । बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा स्थानीयलाई खेल्ने वातावरण तयार पार्ने भन्दै महानगरले यस्तो व्यवस्था गर्ने भएको हो ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँमा खेल्ने वातावरण नभएको भन्दै स्थानीय सरकारको दायित्व स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने रहेको र त्यसको अनुरूप प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको जनाएका छन् ।

यस्तै, क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव रहेको भन्दै शाहले सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल 0 क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने पनि बताए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने मेयर शाहको भनाई छ ।

यस्ता कार्यक्रममार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाई, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने मेयर शाहको विश्वास छ ।