३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने तयारीमा काठमाडौँ महानगर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने भएको छ । बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा स्थानीयलाई खेल्ने वातावरण तयार पार्ने भन्दै महानगरले यस्तो व्यवस्था गर्ने भएको हो ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँमा खेल्ने वातावरण नभएको भन्दै स्थानीय सरकारको दायित्व स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने रहेको र त्यसको अनुरूप प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको जनाएका छन् ।

यस्तै, क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव रहेको भन्दै शाहले सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल 0 क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने पनि बताए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने मेयर शाहको भनाई छ ।

यस्ता कार्यक्रममार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाई, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने मेयर शाहको विश्वास छ ।