३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैदान भिजेका कारण पाकिस्तान र श्रीलंकाबीच टस हुन सकेन, खेल रद्द भए कुन टिम फाइनल पुग्छ ?



file
अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच खेल हुँदैछ । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । वर्षाका कारण टसमा ढिलाई भइरहेको छ । मैदान पूरै ढाकिएको छ ।

आज जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ भने अर्को टोली बाहिरिनेछ । यदि श्रीलंका पराजित भएमा भारत र पाकिस्तान एसिया कपको इतिहासमा पहिलो पटक फाइनल खेल्नेछन् ।

श्रीलंका र पाकिस्तानको २–२ अंक छ भने खेल जित्ने टोलीको ४ अंक हुनेछ । भारत ४ अंकसहित प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

यदि खेल वर्षाका कारण रद्द भयो भने श्रीलंकाले फाइनल खेल्नेछ । किनभने श्रीलंकाको नेट रन रेट पाकिस्तानको भन्दा राम्रो छ ।

दुवै टोलीको यो तेस्रो र अन्तिम सुपर–४ खेल हो । साविक विजेता श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

अर्कोतर्फ पहिलो सुपर–४ खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो भने दोस्रोमा भारतसँग २२८ रनले पराजित भएको थियो ।

हेड टु हेड
श्रीलंका र पाकिस्तानबीच हालसम्म १५५ ओडीआई खेल भएका छन् । पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५८ खेल जितेको छ । ४ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

पछिल्लो पटक दुवै टोली एकदिवसीय ढाँचामा २०१९ मा आमनेसामने भएका थिए । उक्त खेल पाकिस्तानले जितेको थियो । पाकिस्तानले यो खेल जित्यो भने श्रीलंकामाथि उसको यो लगातार नवौं जित हुनेछ ।