७ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित



अ+ अ-

एजेन्सी । भारतले पाकिस्तानमाथि सबैभन्दा ठूलो जित हात पारेको छ । भारतले एकदिवसीय एसिया कपको सुपर–४ खेलमा पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गरेको हो ।

यसअघि सन् २००८ मा मिरपुर मैदानमा भारतले पाकिस्तानलाई १४० रनले पराजित गरेको थियो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको विशाल स्कोर बनाएको थियो । जवाफमा पाकिस्तान ३२ ओभरमा १२८ रन मात्र बनाएर धराशायी भयो ।

टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोजेका थिए । कोलम्बोको पिचमा बाबरको निर्णय उनको विरुद्धमा गयो ।

वर्षाले प्रभावित यस खेलमा भारतका तर्फबाट रोहित शर्मा र शुभमन गिलले १२१ रनको ओपनिङ साझेदारी गरेर टिमका लागि बलियो आधार खडा गरेका थिए ।

दुवैले अर्धशतक पनि बनाए । तर उनीहरू दुवै छोटो अन्तरालमा आउट भएका थिए ।

यसपछि क्रिजमा आएका अनुभवी र आक्रामक ब्याट्सम्यानद्वय विराट कोहली र केएल राहुलले २ सय ३३ रनको साझेदारी गर्दै टोलीको स्कोर ३५६ मा पुर्याएका थिए । विराट र राहुलले शतक बनाए र अन्तसम्म आउट भएनन् ।

चोटका कारण पाकिस्तानी बलर ह्यारिस रउफले खेल्न सकेका थिएनन् भने निसम शाह पनि चोटग्रस्त भएपछि पाकिस्तानी बलिङ फितलो भएको थियो ।

३५७ रनको ठूलो लक्ष्य पछ्याएको पाकिस्तानले ४७ रनभित्रै ३ विकेट गुमाएको थियो । कप्तान बाबर र ओपनर इमाम उल हकले खास केही गर्न सकेनन् ।

इनिङ्सको १८औं ओभरमा बलिङ गर्न आएका कुलदीप यादवले बाँकी ब्याट्सम्यानलाई आफ्नो जालमा पारे । कुलदीपले २५ रन दिएर ५ विकेट लिए ।

पाकिस्तानले १२८ रन मात्र बनाउन सक्यो र खेल २२८ रनको कीर्तिमानी अन्तरले पराजित भयो ।

विराट कोहलीले ८४ बलमा शतक बनाएका थिए । उनले शाहिन अफ्रिदीको बलमा एक रन लिएर आफ्नो एकदिवसीय करियरको ४७ औं शतक बनाए । तीनवटै ढाँचामा उनको यो ७७ औं शतक थियो, उनले टेष्टमा २९ र टी–२० मा एक शतक बनाएका छन् ।

कोहलीले इनिङ्सको ९८ औं रन लिने बित्तिकै आफ्नो एकदिवसीय करियरको १३ हजार रन पनि पूरा गरे । उनी भारतका लागि १३ हजार रन बनाउने दोस्रो भारतीय बने । उनीभन्दा सचिन तेन्दुलकरले मात्र बढी रन बनाउन सकेका छन् । एकदिवसीय क्रिकेटमा सचिनको नाममा १८ हजार ४२६ रन छ ।

केएल राहुलले शतक प्रहार गरे । उनले साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाए । राहुलले अन्तिम पटक २६ मार्च २०२१ मा इङ्ल्यान्डविरुद्ध १०८ रनको इनिङ खेलेका थिए ।

राहुलले पाकिस्तानविरुद्ध पहिलो पटक शतक प्रहार गरेका हुन् । उनले पाकिस्तान बाहेक इंग्ल्याण्ड, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, श्रीलंका र जिम्बाब्वे विरुद्ध १–१ शतक प्रहार गरेका छन् ।

अंक तालिका

१. भारत – २ अंक

२. श्रीलंका  – २ अंक

३. पाकिस्तान  – २ अंक

४. बंगलादेश  – ० अंक

आजको खेल

भारत र श्रीलंका 

नेपाली समय: ३.१५ बजे