५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित



अ+ अ-

एजेन्सी । भारतले पाकिस्तानमाथि सबैभन्दा ठूलो जित हात पारेको छ । भारतले एकदिवसीय एसिया कपको सुपर–४ खेलमा पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गरेको हो ।

यसअघि सन् २००८ मा मिरपुर मैदानमा भारतले पाकिस्तानलाई १४० रनले पराजित गरेको थियो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको विशाल स्कोर बनाएको थियो । जवाफमा पाकिस्तान ३२ ओभरमा १२८ रन मात्र बनाएर धराशायी भयो ।

टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोजेका थिए । कोलम्बोको पिचमा बाबरको निर्णय उनको विरुद्धमा गयो ।

वर्षाले प्रभावित यस खेलमा भारतका तर्फबाट रोहित शर्मा र शुभमन गिलले १२१ रनको ओपनिङ साझेदारी गरेर टिमका लागि बलियो आधार खडा गरेका थिए ।

दुवैले अर्धशतक पनि बनाए । तर उनीहरू दुवै छोटो अन्तरालमा आउट भएका थिए ।

यसपछि क्रिजमा आएका अनुभवी र आक्रामक ब्याट्सम्यानद्वय विराट कोहली र केएल राहुलले २ सय ३३ रनको साझेदारी गर्दै टोलीको स्कोर ३५६ मा पुर्याएका थिए । विराट र राहुलले शतक बनाए र अन्तसम्म आउट भएनन् ।

चोटका कारण पाकिस्तानी बलर ह्यारिस रउफले खेल्न सकेका थिएनन् भने निसम शाह पनि चोटग्रस्त भएपछि पाकिस्तानी बलिङ फितलो भएको थियो ।

३५७ रनको ठूलो लक्ष्य पछ्याएको पाकिस्तानले ४७ रनभित्रै ३ विकेट गुमाएको थियो । कप्तान बाबर र ओपनर इमाम उल हकले खास केही गर्न सकेनन् ।

इनिङ्सको १८औं ओभरमा बलिङ गर्न आएका कुलदीप यादवले बाँकी ब्याट्सम्यानलाई आफ्नो जालमा पारे । कुलदीपले २५ रन दिएर ५ विकेट लिए ।

पाकिस्तानले १२८ रन मात्र बनाउन सक्यो र खेल २२८ रनको कीर्तिमानी अन्तरले पराजित भयो ।

विराट कोहलीले ८४ बलमा शतक बनाएका थिए । उनले शाहिन अफ्रिदीको बलमा एक रन लिएर आफ्नो एकदिवसीय करियरको ४७ औं शतक बनाए । तीनवटै ढाँचामा उनको यो ७७ औं शतक थियो, उनले टेष्टमा २९ र टी–२० मा एक शतक बनाएका छन् ।

कोहलीले इनिङ्सको ९८ औं रन लिने बित्तिकै आफ्नो एकदिवसीय करियरको १३ हजार रन पनि पूरा गरे । उनी भारतका लागि १३ हजार रन बनाउने दोस्रो भारतीय बने । उनीभन्दा सचिन तेन्दुलकरले मात्र बढी रन बनाउन सकेका छन् । एकदिवसीय क्रिकेटमा सचिनको नाममा १८ हजार ४२६ रन छ ।

केएल राहुलले शतक प्रहार गरे । उनले साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाए । राहुलले अन्तिम पटक २६ मार्च २०२१ मा इङ्ल्यान्डविरुद्ध १०८ रनको इनिङ खेलेका थिए ।

राहुलले पाकिस्तानविरुद्ध पहिलो पटक शतक प्रहार गरेका हुन् । उनले पाकिस्तान बाहेक इंग्ल्याण्ड, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, श्रीलंका र जिम्बाब्वे विरुद्ध १–१ शतक प्रहार गरेका छन् ।

अंक तालिका

१. भारत – २ अंक

२. श्रीलंका  – २ अंक

३. पाकिस्तान  – २ अंक

४. बंगलादेश  – ० अंक

आजको खेल

भारत र श्रीलंका 

नेपाली समय: ३.१५ बजे