४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काङ्गेसका प्रवक्ता तथा कार्यक्रम ‘ऐना’ का प्रस्तोता शर्मा संक्रमित पुष्टि



अ+ अ-

काठमाडौं । नेपाली काङग्रेसका प्रवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम 'ऐना' का प्रस्तोता विश्वप्रकाश शर्मा कोरोना भाईरसबाट संक्रमित पुष्टि हुनुभएको छ । उहाँले आफू संक्रमित भएको जानकारी सामाजिक संजालबाट दिनुभएको हो।

ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज बिहानिपख रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनुभएको छ।उहाँले टेकु अस्पतालका डाक्टर मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको र डेरामै आइसोलेसनमा बसेको बताउनुभयो ।

उहाँले भन्नुभयो, कोरोनाको लक्षणले च्यापेपनि मनोबल उच्च भने रहेको छ । साथै उहाँले सबैलाई सजग बनौं भनि बिनम्र आग्रह पनि गर्नुभएको छ।