२१ श्रावण २०८३, बिहीबार
,
Latest
जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती र भाटभटेनी मात्रै भन्छन्– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाएका छन् ।

आईतबार एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भाटभाटिनीका सञ्चालक मीनबहादुर गुरुङलाई देखिनसहेको आरोप लगाएका हुन् ।

‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या रु पाँचछ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि !, ‘ओलीले भने, ‘ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’

ओलीले गायत्री मन्त्र नजप्ने माओवादीले यती होल्डिङ्सलाई खेदेको टिप्पणी गरे । मिहेनत गरेर खानेलाई सरकारले देखिनसहेको बताउदै उनले भने,‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैन मात्रै भन्छन् ।’




भर्खरै