३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस युनिभर्स बनिन् जेन दिपिका



अ+ अ-

काठमाडौँ । यस वर्षको मिस युनिभर्स जेन दिपिका बनेकी छन् । मिस युनिभर्सको चौथो शृंखलाको उपाधि २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै दिपिकाले जितेकी हुन् ।

प्रतियोगितामा गरिमा घिमिरे फर्स्ट रनर अप भने सेकेन्ड रनर अप सितास्मा पोख्रेल बनिन् । विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिरिदिएका हुन् ।

प्रतियोगिताको निर्णयकहरुमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति थिए ।

सहभागी प्रतिस्पर्धीलाई १२ विधामा पुरस्कार वितरण गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने पाउने बताइएको छ । रासस