६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले डोनाल्ड ट्रम्पसँग खेले गल्फ



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनी आफ्नो परिवारसँग छुट्टी मनाउन अमेरिकामा छन् । बिहीबार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको लागि गल्फ म्याच आयोजना गरेका थिए । दुवैले करिब एक घण्टा खेल खेले ।

धोनी–ट्रम्पको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि धोनीलाई प्रायः गल्फ खेलिरहेको देखिन्छ ।

धोनी सेप्टेम्बर ७ मा भारतीय समय अनुसार दिउँसो १२ बजे अल्कारेज र अलेक्जेन्डर ज्वेरेभबीचको युएस ओपनको क्वार्टरफाइनल खेल हेर्न पनि आएका थिए । यसको भिडियो र फोटो पनि भाइरल भएको थियो ।

धोनी आफ्ना केही साथीहरूसँग अल्कारेजको पछाडि बसेका थिए । अफिसियल ब्रोडकास्टरले पनि धोनीको भिडियो आफ्नो सोशल मिडिया ह्यान्डलमा सेयर गरेको छ । भिडियोमा धोनी केही मानिससँग कुरा गर्दै हाँसेको देखिएका छन् ।

धोनीले आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई ५ पटक आईपीएल उपाधि जिताएका छन् । उनको कप्तानीमा चेन्नई सुपर किंग्सले २०२३ को सिजन समेत जितेको थियो । आईपीएलमा चेन्नईको यो पाँचौं उपाधि हो । धोनीले सन् २०२० को अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । अहिले उनी आईपीएलमा चेन्नईबाट मात्र खेलिरहेका छन् ।