• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

एसिया कपमा चम्किएका खेलाडी, भारतका एक जना पनि परेनन्



एजेन्सी । एसिया कपमा समूह चरणका ६ र सुपर–४ चरणका एक खेल सम्पन्न भइसकेका छन् । प्रतियोगिताको पाकिस्तान लेग सकिएको छ, अब बाँकी ६ खेल श्रीलंकाको कोलम्बो शहरमा हुनेछ ।

सेप्टेम्बर ७ र ८ मा २ दिनको ब्रेक छ भने सुपर ४ चरणका बाँकी खेल ९ सेप्टेम्बरबाट सुरु हुनेछन् ।

हालसम्मको प्रदर्शनमा सर्वाधिक विकेट लिने खेलाडीमा ३ पाकिस्तानी बलरको दबदबा छ भने शीर्ष ब्याट्सम्यानमध्ये पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा छन् । दुवै स्थानमा कुनै पनि भारतीय खेलाडीले शीर्ष ५ मा समेत स्थान बनाउन सकेका छैनन् ।

एशिया कप लगभग आधा सम्पन्न भइसक्दा यस प्रतियोगिताका शीर्ष खेलाडीहरूको प्रदर्शनबारे केही चर्चा गरौँ ।

शीर्ष ५ ब्याट्सम्यानमा २ बंगलादेशी
बंगलादेशका नजमुल हुसेन शान्तोले प्रतियोगितामा अहिलेसम्म २ खेल मात्र खेलेका छन् तर उनी सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २ इनिङ्समा १९३ रन बनाएका छन् । जसमा एक शतक र एक अर्धशतक समावेश छ । शान्तो अहिले चोटका कारण एसिया कपबाट बाहिर छन् ।

उनीपछि पाकिस्तानका कप्तान बाबर आजमले ३ खेलमा १६८ रन बनाएका छन् । तेस्रो नम्बरमा बंगलादेशका मेहदी हसन मिराज छन्, जसले ११७ रन बनाएका छन् । भारतका कुनै पनि खेलाडी शीर्ष ५ खेलाडीमा अटाएका छैनन् ।

एसिया कपका टप स्कोररः
१. नजमुल हुसेन शान्तो (२ खेलमा १९३ रन)
२. बाबर आजम (३ खेलमा १६८ रन)
३. मेहदी हसन मिराज (३ खेलमा ११७ रन)
४. हशमतुल्लाह शाहिदी (२ खेलमा ११० रन)
५. इफ्तिखार अहमद (३ खेलमा १०९ रन)

सात खेलमा चार खेलाडीको मात्रै शतक
नेपाल र पाकिस्तानबीचको उद्घाटन खेलमा २ शतक प्रहार भएको थियो । बाबर आजमले १५१ र इफ्तिखार अहमदले १०९ रन बनाए । यसपटक पनि बाबरको सर्वाधिक व्यक्तिगत स्कोर छ ।

यसबाहेक प्रतियोगितामा समूह चरणको खेलमा अफगानिस्तानविरुद्धको खेलमा बंगलादेशी खेलाडीले मात्र दुई शतक बनाएका थिए । मेहदी हसन ११२ रन बनाएपछि रिटायर्ड हर्ट भएका थिए, जुन प्रतियोगिताको दोस्रो उच्च स्कोर हो । शान्तोले १०४ रन बनाए । यी ४ खेलाडीबाहेक प्रतियोगितामा अन्य कुनै खेलाडीले शतक बनाउन सकेनन् ।

शीर्ष ५ बलरमा ३ पाकिस्तानी फास्ट बलर
प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको दौडमा पाकिस्तानी तेज बलरको दबदबा छ । हरिस रउफले ३ खेलमा सर्वाधिक ९ विकेट लिएका छन् । उनीपछि नसिम शाह र शाहिन शाह अफ्रिदीले समान संख्यामा ७–७ विकेट लिएका छन् ।

यस्तै, चौंथो र पाँचौं नम्बरमा बंगलादेशका दुई फास्ट बलर छन् । दायाँ हाते तेज बलर तस्किन अहमदले ३ खेलमा ६ विकेट लिएका छन् । अर्कोतर्फ बायाँ हाते तेज बलर शोरिफुल इस्लामले पनि समान खेलमा ५ विकेट लिएका छन् ।

उत्कृष्ट पाँच बलरहरुः
१. हरिस रउफ (३ खेलमा ९ विकेट)
२. नसीम शाह (३ खेलमा ७ विकेट)
३. शाहीन शाह अफ्रिदी (३ खेलमा ७ विकेट)
४. तस्कीन अहमद ( ३ खेलमा ६ विकेट)
५. शोरिफुल इस्लाम ( ३ खेलमा ५ विकेट)

कुनै पनि बलरले एक इनिङ्समा ५ विकेट लिन सकेनन्
प्रतियोगितामा अहिलेसम्म बलरले ७ पटक एक पारीमा ४ विकेट लिएका छन् तर कुनै पनि बलरले ५ विकेट लिन सकेनन् । हाल उत्कृष्ट बलिङको कीर्तिमान हरिस रउफको नाममा छ, उनले बंगलादेशविरुद्ध मात्र १९ रन दिएर ४ विकेट लिएका थिए । उनीपछि पाकिस्तानका लेग स्पिनर शादाब खानले नेपालविरुद्ध २७ रन दिएर ४ विकेट लिए ।