९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुको अहंकारलाई ठीक ठाउँमा ल्याउने न्यायमूर्तिहरुको प्रयास



अ+ अ-

नेताहरुको अहंकारलाई ठीक ठाउँमा ल्याउन न्यायमूर्तिहरुको प्रयास सराहनीय छ । कोशी प्रदेशको सम्बन्धमा भएको सर्वोच्च अदालतको आदेश अत्यन्त सान्दर्भिक छ ।

प्रजातन्त्रको मूल्य मान्यतालाई कुल्चिएर बनाइएको संविधानका कतिपय प्रावधानहरुको कारण र नेताहरुमा देखिएको अहंकारी व्यवहारले बारम्बार हुने गलत खेलहरुलाई सच्याउनै पर्ने थियो । सच्चा प्रजातान्त्रिक प्रणालीमा स्पस्ट बहुमत ल्याउने दलले सरकार बनाउने हो ।यदि कुनै दलले स्पस्ट बहुमत ल्याएन भने संसदमा सबैभन्दा ठूलो दललाई दोस्रो प्राथमिकतामा सरकार बनाउन अवसर दिनु पर्ने हो ।

यदि ठूलो दलले पनि बहुमत सिद्ध गर्न नसकेमा मात्र एकभन्दा बढी दलको सरकार गठन गर्न प्रयास गर्ने हो । तर वर्तमान संविधान बनाउँदा नै तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको धारणालाई लत्याएर दोस्रो प्रयासमा सबैभन्दा ठूलो दललाई सरकार बनाउनबाट रोक्ने गरी संविधान बनाइएको परिणाम हो यो ।

संघीय सरकार होस् वा प्रदेश सरकार, यही उल्टो प्रावधानको शिकार भइरहने र खेलहरु खेल्ने बाटो बनिरहने भयो । त्यतिवेला यस्तो प्रावधान राख्नमा बामपन्थी दलहरुको नै जोडबल थियो । त्यसमा कांग्रेसका दाइभाउजु कम्पनीको पनि साथ थियो ।

त्यस समयमा प्रजातान्त्रिक प्रणाली अनुरुपका प्रावधान राख्ने सम्बन्धमा स्व सुशील कोइरालाको अडानले काम गर्न सकेन । अहिले यिनै प्रावधानको शिकार बामपन्थीहरु र मुख्यत: एमाले भइरहेको छ । परमादेशको खिल्ली उडाउने एमाले अध्यक्षले अव कस्ता तुक्का हाल्नु हुने हो प्रतीक्षा गर्नै पर्ने भयो ।

अव हाम्रो कोशी प्रदेश हाँक्न एक अनुभवी र एमालेमा तुलनात्मक रुपमा योग्य र शालिन व्यक्तिले फेरि अवसर पाउनु भएकोछ । उहाँलाई सफलताको शुभकामना।