१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही
file
अ अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।

आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौँमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिनुभयो । रासस