७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ: कार्यकारी निर्देशक घिसिङ

विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ: कार्यकारी निर्देशक घिसिङ
अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुभयो । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताउनु भयो ।

उहाँले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाउनु भयो । निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उहाँको भनाई छ ।

घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताउनु भयो । उहाँले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिव १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजा लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको प्रवद्र्धनले नेपालको विद्युत नेपालमा नै खपत हुने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको विकाससँगै पेट्रोलिय पदार्थको आयात कम हुने, व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गर्नुभयो । उहाँले आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले प्रधाधिकरण अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेसन बिस्तार गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशन उद्घाटन गरेको छ । यसले देशभर विद्युतीय सवारी साधनको प्रमोसन हुने छ । भइरहेको पनि छ । अहिले माईक्रो बस तथा ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु धेरै आएको छ । चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न राम्रो व्यवस्था हुनेछ । चार्जिङ स्टेशनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिव १५ देखि २० गुणा सस्तो छ । अप्रेसन कष्ट शुन्य छ भने ६ हजार डिजेल पेट्रोल लाग्ने ठाउँमा ४ सय रुपैयाँले अवस्था आउँछ । नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । पेट्रोलियम पदार्थको आयातलाई घटाउँछ । व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने छ । यसले नेपालको ट्रान्सफरमेसनमा ठूलो सहयोग पुग्नेछ । आगामी दिन नेपालको ग्रिन इनर्जि कन्भर्सन हुँदैछौं । यसले नेपालको अर्थतन्त्रलाई राम्रो योगदान गर्नेछ । ५१ वटा चार्जिङ स्टेशन शुरु गरेको दुई वर्ष भयो । प्रधाधिकरण ११ वटा थप गर्दैछौं । सरकारले चार्जिङ स्टेसनहरु यात्रा गर्दा सहज हुने गरी बनाउनको लागि निजी क्षेत्रलाई ल्याउनको लागि नीति बनाउन लागिएको छ । बोर्डले निजी क्षेत्रलाई सहज रुपमा ल्याउनको लागि नीतिहरु संशोधन गर्दैछ । निजी क्षेत्र आउनुपर्छ । प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमर देखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेका छौं । जग्गा र चार्जिङ स्टेशन भयो निजी क्षेत्रलाई अरु सेविधाहरु प्राधिकरण लगानी गर्छ ।’

त्यस्तै,नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताउनु भयो । उपाध्यक्ष सिटौलाले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको विकास र बिस्तारको लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । सार्वजनिक विद्युतीय सवारी साधनको लागि सरकारले सम्पूर्ण विद्युतीय पूर्वाधार तयार गर्न आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले सार्वजनिक विद्युतीय ठूला बसहरुको लागि सानो ठाउँमा चार्जिङ स्टेशनले काम नगर्ने बताउनु भयो ।

उहाँले सार्वजनिक विद्युतीय सवारी साधनको विकासको लागि सरकारले सहजिकरण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अहिले भएका नीति तथा कानूनहरुमा सहजिकरण गरिदिनुपर्ने बताउनु भयो । सरकारले गोंगबु नयाँ बसपार्कमा सरकारले विद्युतीय चार्जिङ स्टेशन बनाउन उहाँले माग गर्नुभयो ।