७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्
अ+ अ-

जनकपुरधाम । आमै ! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै ।

‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको पेडा पसल’, ‘वैद्यनाथ बाजेको पेडा भण्डार’, ‘वैद्यनाथ बाबाको पेडा पसल’, ‘श्री वैद्यनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक ।

अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा हुनुहुन्थ्यो, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई । “वैद्यनाथ बाजे को हुन् रु सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई राईले सोध्दै हुनुहुन्थ्यो ।

जवाफ आयो, “हैन ।”,

“अनि वैद्यनाथ बाजे को त ? ”

जवाफमा पसले भन्दै हुनुहुन्थ्यो, “यस ठाउँमा पेडा व्यापार सुरु गर्ने मान्छे ! ”

रोशनीले मात्रै होइन, पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरुको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ । लहरै रहेका यी पसलहरुले मन लोभ्याउँछन् । गाडी नरोकेर धरै पाइन्न ।  अनि कुरौनी र पेडा किन्यो । पसल अगाडि टक्क रोकियो र तस्बिर लियो । यस्तै दृश्य देखिन्छन् यहाँ ।

स्थानीय अभिषेक साह भन्दै हुनुहुन्थ्योे, “सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी रु जवाफ त पाउँछन् तर असली वैद्यनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ ।” ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो । मधेस प्रदेशको पूर्वी सिमाना पूर्व–पश्चिम् राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ । तर यहाँ पहिलो पटक आउनेहरु भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरुको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन् ।

“धेरै जना वैद्यनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन््, कतिपय वैद्यनाथ बाजेलाई नै खोज्न आइपुग्छन्”, विगत २० वर्षदेखि तीनै वैद्यनाथ साहको पसलमा काम गर्नुभएका कालिगड गोविन्द साहले भन्नुभयो, “बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ । देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ । के गर्नु १ दैवले खोसेर लगिसक्यो ।”

‘पेडा भनेकै वैद्यनाथको’

वैद्यनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुनुहुन्छ । सुरुमा उहाँका बुबा अक्कल साहले गाउँमै चिया पसल सुरु गनुभएको थियो । त्यही पसलमा छोरा बैजनाथले पनि सघाउनुहुन्थ्यो । एकपटक उहाँ कामको सिलसिलामा भारततिर जानुभयो । त्यही बेला दूधबाट चियाबाहेक कराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा पाउनुभयो । “हामीलाई सुनाउनुभएअनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो । विसं २०१५/१६ तिर त्यसलाई व्यावसायिक रुप दिनुभएको होे”, हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भन्नुभयो, “चिया पसल हाम्रो बुढो हजुरबुबाले धेरै पहिलेदेखि नै चलाइरहनुभएको थियो । बाजेले त्यसैमा पेडाको व्यापार गर्न थाल्नुभयो । अहिलेको स्थानमा त पूर्व–पश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार सुरु गरिएको हो ।”

समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो । राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरुसँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो । बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो । “पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो । अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन् । यसले ग्राहकहरुलाई अल्मल्याउने काम भएको छ”, विवेकको गुनासो छ,“नामले मात्रै त व्यापार चल्ने होइन, बरु ग्राहकहरु अलमलमा पर्छन् । अस्वस्थ प्रतिस्पर्धा बढ्छ ।”

‘पेडा भनेकै वैद्यनाथ बाजेको’ भन्ने भाष्य स्थापित गर्नुभएका साह अहिले हामीमाझ हुनुहुन्न । उहाँले ११ वर्षअघि २०६९ साउन १८ गते देहत्याग गरिसक्नुभयो । त्यसपछि पसलको नाममा वैद्यनाथ झुण्ड्याउने चलन झनै बढेको छ ।

बाजेको देहावसानपछि दुई छोरामध्ये कान्छोतर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहनुभएको छ । विवेकको हार्डवेयर पसल पनि छ तर पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उहाँको अनुभव छ । भन्नुहुन्छ, “पूर्वमेचीदेखि पश्चिम महाकालीका मान्छेहरु आउँछन् । तीमध्ये पहिलो पटक आएका धेरै जना अरुलाई सोध्दैसोध्दै पसलमा आइपुग्छन् । बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन् । त्यसैले व्यापार र चिनजान दुबै हुन्छ, यसैमा आनन्द लाग्छ ।”

साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होर्डिङ्गबोर्डसहित खुलेका पसलहरु देख्दा आनन्द लाग्छ तर जब ग्राहकले तपाईको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ । “कहिलेकाही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन् । बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो”, उहाँले सुनाउनुभयो,“अहिले भने हामीले पसल अगाडि बाजेको शालिक निर्माण गरेका छौ । त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ ।”

एक व्यक्तिले एउटा पसलबाट सुरु गर्नुभएको पेडा व्यापार अहिले एक सयभन्दा बढीले सुरु गर्नुभएको छ । ती पसलहरुमा सयौंले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन् । संस्थापक वैद्यनाथ बाजेको पसलमा मात्रै दैनिक पाँच सय लिटरसम्म दूधको खपत हुने गरेको छ । यहाँ सप्तरी, सिरहा, सुनसरीलगायतका जिल्लाबाट दूध सङ्कलन हुने गरेको स्थानीय व्यापारीहरुको भनाइ छ ।

बाजेको चिन्ता

बरमझियामा वैद्यनाथ बाजेको नामबिनाका पसल सायदै छन् । तिनै पसलको नाममा भइरहेको व्यापारले सयौ परिवारको रोजीरोटी चलिरहेको छ । उहाँ जीवितै हुँदा चलेको यो चलन उहाँको अनुपस्थितिमा अहिले झनै बढेको छ । पाँच वर्षअघि व्यापार सुरु गर्नुभएका जन्नत मन्सुरीले पनि वैद्यनाथ बाजेको नाम राखेरै पसल सुरु गर्नुभएको छ । “सबैले पसलको बोर्डमा वैद्यनाथ बाजेको नाम ठूल्ठूला अक्षरमा लेख्नुभएको छ । मैले मात्रै उहाँको नाम छुटाएमा अपमान गरेको जस्तो होला भनेर राखेको हो”, मन्सुरीले भन्नुभयो,“अरु स्वार्थ त के हुन्थ्यो र रु नामले मात्रै व्यापार चल्ने होइन ।”

वैद्यनाथ बाजेले देखाएको बाटो पछ्याउँदा अहिले आफ्नै देशमा केही गरेर खान सकिएको मनसुरीको कथन छ । आफू मात्रै होइन अरु तीन जनालाई काम दिएर उहाँहरुको घरमा पनि चुल्हो बाल्ने काम यही पसलबाट भएको मन्सुरीले बताउनुभयो । “अहिले बेमौसममा पनि एक सय २० लिटर दूध किन्छौँ तर सिजनमा त तीन सय लिटरसम्म किन्नुपर्छ । सोच्नुस् त त्यसमा कतिको परिश्रम र रोजिरोटी जोडिएको छ”, मन्सुरीले भन्नुभयो, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेका हामीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्छ । मिसावट हुन्छ भनेर हल्ला फैलाइन्छ, सबैको जिम्मा लिनसकिदैँन तर हामीले इमान्दारितापूर्वक आफ्नो कर्म गरिरहेका छौ । नभए गुणस्तर नाप्ने निकायहरु पनि छन्, परीक्षण गरे पनि भयो । किन बद्नाम गराउनु ! ”

विवेक साहका अनुसार वैद्यनाथ बाजे जीवित हुँदा पनि यस्तै हल्ला चल्थ्यो । त्यसैकारण एकपटक आफ्नो नामको दुरुपयोग हुने चिन्ताले बाजेले स्थानीय प्रशासनमा लिखित निवेदनसहित आफ्नो नाम हटाउन र नयाँ खोल्नेलाई नाम राख्न नदिन आग्रह गर्नुभयो । प्रशासनबाट हुबहु नाम नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि त्यो प्रचलन राकिएन, बरु निरन्तर बढिरहेको छ । “हरेक पसलमा बाजेको नामहुनु हाम्रो लागि पनि गौरब र उहाँको योगदानको सम्मान पनि हो तर बाजेलाई एउटै चिन्ता थियो कि कतै आफ्नो नाम बदनाम हुने त होइन रु अहिले हामीलाई पनि त्यही चिन्ता छ”, विवेकले भन्नुभयो ।

बेलाबखत पेडामा पीठो तथा बिस्कुट मिसाइएको, धेरैदिनको बासी पेडा बेचेको जस्ता हल्ला नसुनिएका होइनन् । यस्तो सुन्दा कालिगढ डोमी साहको मन कटक्क खान्छ । “यही व्यवसायबाट हामी सबैको चुल्हो बलेको छ । बरमझियाको पेडा भनेर नेपाल र भारतमा समेत इज्जत छ । बीसौ वर्ष यसैमा बिताएका छौ । नराम्रो सुनेपछि त मन खिन्न भइहाल्छ नि”, डोमीले मनको बह पोख्नुभयो, “बाजेसँगै हामीले वर्षौ लगाएर कमाएको नाम बदनाम हुन एक दिन पनि लाग्दैन । त्यसैले सबै जनाले राम्रोसँग व्यापार गरे त हुन्थ्यो । तर खै१ कसको नियत कस्तो हुन्छ रु सबै इमान्दार कहाँ हुन्छन् र रु”

नाति विवेक भने पेडामा अन्य चिज मिसाउँदा लागत बढ्ने र त्यस्तो पेडा चाँडै खपत नभएमा गुणस्तर ह्रास भई लगानी खेरजाने हुँदा कसैले गलत काम गर्न नसक्ने विश्वास गर्नुहुन्छ । यदि कसैले गलत काम गरेको शङ्का लागेमा सरोकारवाला निकायले अनुगमन र प्रयोगशालामा परीक्षण गरी समस्या समाधान गर्नुपर्ने तर एकाध व्यक्ति र घटना देखाएर बरमझियाको बेइज्जत नगर्न उहाँले आग्रह गर्नुभयो ।

पेडाको ब्रान्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन् । त्यसमध्ये कान्छोतर्फका एक नातिले बाजे वैद्यनाथको व्यापार सम्हालिरहनुभएको छ । रगतको सम्बन्धका हिसाबले नाति विवेक परिवार बाजेको उत्तराधिकारी भए पनि त्यो क्षेत्रका सयभन्दा बढी पसलेले ‘पेडा बाजे’ वैद्यनाथको व्यापारिक उत्तराधिकारीका रुपमा हेर्ने गरेका छन् । त्यसैकारण ‘आफ्नो नाम, काम र ठाउँको बदनाम पो हुने हो कि१’ भन्ने संशयसहित स्वर्गबास हुनुभएका बाजे वैद्यनाथको त्यो संशय मेटाउने दायित्व पनि यी सबै पेडा व्यवसायीको हो ।

टीकाराम सुनार र सुदीप राउत / रासस