२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेपाल र भारत खेल्दै, के छ पल्लेकेले मैदानको मौसम पूर्वानुमान ?



अ+ अ-

काठमाडौँ । नेपालले भोली सेमबार एसिया कप २०२३ को दोस्रो खेल भारतसँग खेल्दैछ । पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनलागेको नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।

शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले खेल हुन नसक्दा भारत र पाकिस्तानले अंक बाडेका थिए । अंक बाडेसँगै पाकिस्तानले ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । सोमबारको खेलमा यदि नेपाल विजयी भएमा २ अंक हुनेछ र सुपर फोरमा पुग्नेछ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ ।

सोमबार के छ पालेकेले मैदानको मौसम पूर्वानुमान ?

शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै सोमबारको खेलमा के होला भन्ने चासोको विषय रहेको छ । पछिल्लो मौसम पूर्वानुमानले सोमबार वर्षाको पर्याप्त सम्भावना रहेको बताएको छ । भोली पल्लेकेलेमा ६०% वर्षा हुने सम्भावना रहेको छ । टसको समयमा २२%वर्षाको सम्भावना छ भने बेलुका ६:१५ बजेसम्म यथावत रहनेछ। खेलको दोस्रो हाफमा वर्षाको सम्भावना ६६ प्रतिशतले हुने देखिएको छ ।

सोमबारको खेलमा बर्षा बाधक बन्ने मौसम पूर्वानुमानले बताएको छ । यदि उक्त खेल वर्षाको कारण रद्द भएमा भारत दुई अंकको साथ सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो खेलमा हार बेहोरेको कारण सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

एसिया कप २०२३ का लागि नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो ।

एसिया कप २०२३ का लागि भारतीय टोली: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्षर पटेल, सूर्यकुमार यादव, प्रसिद्ध कृष्ण, तिलक वर्मा, केएल राहुल ।