२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेपाल र भारत खेल्दै, के छ पल्लेकेले मैदानको मौसम पूर्वानुमान ?



अ+ अ-

काठमाडौँ । नेपालले भोली सेमबार एसिया कप २०२३ को दोस्रो खेल भारतसँग खेल्दैछ । पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनलागेको नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।

शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले खेल हुन नसक्दा भारत र पाकिस्तानले अंक बाडेका थिए । अंक बाडेसँगै पाकिस्तानले ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । सोमबारको खेलमा यदि नेपाल विजयी भएमा २ अंक हुनेछ र सुपर फोरमा पुग्नेछ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ ।

सोमबार के छ पालेकेले मैदानको मौसम पूर्वानुमान ?

शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै सोमबारको खेलमा के होला भन्ने चासोको विषय रहेको छ । पछिल्लो मौसम पूर्वानुमानले सोमबार वर्षाको पर्याप्त सम्भावना रहेको बताएको छ । भोली पल्लेकेलेमा ६०% वर्षा हुने सम्भावना रहेको छ । टसको समयमा २२%वर्षाको सम्भावना छ भने बेलुका ६:१५ बजेसम्म यथावत रहनेछ। खेलको दोस्रो हाफमा वर्षाको सम्भावना ६६ प्रतिशतले हुने देखिएको छ ।

सोमबारको खेलमा बर्षा बाधक बन्ने मौसम पूर्वानुमानले बताएको छ । यदि उक्त खेल वर्षाको कारण रद्द भएमा भारत दुई अंकको साथ सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो खेलमा हार बेहोरेको कारण सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

एसिया कप २०२३ का लागि नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो ।

एसिया कप २०२३ का लागि भारतीय टोली: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्षर पटेल, सूर्यकुमार यादव, प्रसिद्ध कृष्ण, तिलक वर्मा, केएल राहुल ।