२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप एसिया छनोट: भुटानद्वारा नेपाललाई ४० रनको झिनो लक्ष्य



अ+ अ-

काठमाडौं । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन् ।

कप्तान डेचेनबाहेक भुटानका अन्य खेलाडिले राम्रो खेल्न सकेनन् । ओपनर न्गवागं चोडेन शून्य रनमै तीव्र गतिकी बलर कविता कुँवरको हातबाट बोल्ड आउट भएकी थिईन् भने अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् ।

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले सर्वाधिक तीन विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासे, खुशी डंगोल, कविता कुँवरले समान एक विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनलाई ८ विकेटले हराएको थियो ।