७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

वैदेशिक लगानी भित्र्याउने गरि आर्थिक कूटनीति प्रभावकारी बनाउन थप सहकार्य जरुरी: महासंघ अध्यक्ष ढकाल

वैदेशिक लगानी भित्र्याउने गरि  आर्थिक कूटनीति प्रभावकारी बनाउन थप सहकार्य जरुरी: महासंघ अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी भित्र्याउन महासंघ र नेपाल सरकारका कूटनीतिक नियोगहरूबिच थप सहकार्य आवश्यक रहेको बताउँदै यसका लागि महासंघ पहल लिन तयार रहेको बताउनु भएको छ ।

महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कूटनीतिमा नेपाली नियोग–निजी क्षेत्र सहकार्यसम्बन्धी कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष ढकालले मुलुकमा लगानी भित्र्याउन आर्थिक कूटनीतिको भूमिका महत्त्वपूर्ण रहेकाले यसमा प्रभावकारी काम गर्न नेपाली नियोगहरूलाई आग्रह समेत गर्नुभयो ।

“नेपालमा लगानीका धेरै सम्भावनाहरू छन् । धेरै विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न चाहेका पनि छन् । यसको सहजीकरण गर्ने, नीतिगत व्यवधानहरू भए त्यसलाई समाधान गरिदिने र लगानी ल्याउन प्रोत्साहन गर्ने काम नियोगहरूले गर्न सक्छन्,” उहाँले भन्नुभयो । मुलुकको अर्थतन्त्र मन्दी उन्मुख रहेको र निजी क्षेत्र हतोत्साहित भएको अहिलेको अवस्थामा अर्थतन्त्रमा बाहिरबाट थप रकम प्रवाह गर्न प्रेरित गर्ने जिम्मेवारीमा विभिन्न देशमा रहेका नेपाली नियोगहरू हुने भएकोले त्यसको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने समय आएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भयो ।
“अहिले अर्थतन्त्र सहज अवस्थामा छैन । आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा मागको निक्कै कमी आएको छ । निजी क्षेत्रले कर्जाको माग गर्न छोडेको छ, स्वाभाविक रूपमा उत्पादन घटेको छ । यसको मुख्य कारण अर्थतन्त्रमा रकमको कमीका कारण हो । यसको लागि हाम्रा वैदेशिक नियोगहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन्,” उहाँले भन्नुभयो ।
ढकालले निर्यातका लागि बजार खोज्न समेत नियोगहरूले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले भन्नु भयो, “वास्तविक अर्थमा सन् २००४ यता निर्यात बढेको देखिदैन् । सन २००४ मा नेपालले विश्व व्यापार सङ्गठनको सदस्यता लिएकाले त्यसलाइ बेन्चमार्क राखेर हेरिनु पर्छ । त्यसयता पनि निर्यात बढ्न नसक्नु दुर्भाग्यपूर्ण छ । निर्यातका लागि बजार खोज्न नियोगहरूले निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ ।”

यसै बीचमा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै छ । विशेष गरि युरोप र अन्य विकसित मुलुकहरूमा नेपाली उत्पादनले पाइरहेको सहुलियतपूर्ण बजार पहुँच हट्नेछ । यसले विशेष गरि साना उत्पादकहरू बढी प्रभावित हुनुहुनेछ । युरोपमा रहेका नियोगहरूले त्यहाँको बजार गुम्न नदिन के कस्तो पहल गर्नुपर्छ त्यसतर्फ चनाखो हुनुपर्ने देखिन्छ, अध्यक्ष ढकालको भनाइ थियो ।

त्यसै गरी, हाम्रा न्यु योर्क र जेनेभामा रहने नियोगहरूले बहुपक्षीय आर्थिक क्षेत्र विस्तारमा ठुलो भूमिका निर्वाह गर्न सक्छन् । यही सहुलियतपूर्ण बजार पहुँचलाई विश्व व्यापार संगठन मार्फत केही वर्ष पर लान सकिन्छ । नेपाल प्रतिव्यक्ति आय नबढी स्तरोन्नति भएको मुलुक हुँदा हामीलाई केही समय सहुलियत आवश्यक रहन्छ । संयुक्त राष्ट्र सङ्घमा पनि यस विषयमा चर्चा गर्न सकिनेमा पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भयो ।

क्षेत्रीय तथा उप क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्र निर्माण र त्यसको विस्तारमा पनि नियोगहरूको भूमिका महत्त्वपूर्ण छ । उदाहरणका लागि अहिले विम्स्टेकको महत्वलाई बढवा दिन खोजिएको देखिन्छ । यो दक्षिण एसिया र दक्षिण पूर्वी एसिया जोडने क्षेत्र हो । यस क्षेत्रमा स्वतन्त्र व्यापार लागु गर्न हाम्रो थाइल्यान्ड लगायत अन्य मुलुकका नियोगहरूले पहल गर्न सक्छन् । हामीले यस क्षेत्रको चेम्बरहरूको सञ्जाल विम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेका छौ । अन्य मुलुक यसमा सहमत पनि देखिन्छन् । यो फोरम नोभेम्बरमा आयोजना हुने शिखर सम्मेलनका बेला गठन गर्न सकिने तर्फ पहल गर्नु पर्नेमा पनि अध्यक्ष ढकालले जोड दिनु भयो ।

यसबाहेक पर्यटन पर्वर्द्धन, जलवायु परिवर्तनसंग जोडिएको थप लगानी लगायतका क्षेत्रमा नेपाललाई लाभ हुने गरी नियोगहरूको भूमिका महत्त्वपूर्ण रहनेमा अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भयो ।