२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसामु बहराइन ३१ रनमा अल आउट, ६ खेलाडीले खाता खोल्न पाएनन्



अ+ अ-

काठमाडौँ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको शानदार प्रदर्शनमा बहराइनले ३२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन नेपाली बलर हाबि हुँदा १५.४ ओभरमा ३१ रन बनाउदै अलआउट भयो ।

बहराइनकी कप्तान दीपिकाले २० सर्वाधिक ११ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा बहराइनका ६ खेलाडी खाता नखोलि शून्य रनमा आउट भए ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर तीन विकेट लिइन् । खुशी डंगोलले १.४ ओभरमा १ मेडनसहित रन नदिइ दुई विकेट लिइन् । कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक एक विकेट लिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।