१ आश्विन २०८३, बिहीबार
,
Latest
बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई पछि पार्दै हालाण्ड युईएफए वर्ष खेलाडी घोषित



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्याण्ड यूईएफ वर्ष खेलाडी घोषित भएका छन् । बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्याण्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

हाल्याण्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका मिडफिल्डर केभिन डी ब्रुयनालाई पछि पारे । अर्जेन्टिनी कप्तान लियोनल मेसी दोस्रो र डी ब्रुयना तेस्रो स्थानमा रहे ।

हाल्यान्डले सिटीबाट गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि गरी ट्रेबल जितेका थिए । गत सिजन सिटीले ‘ट्रेबल’ जित्दा हाल्यान्डले सबैखाले प्रतियोगितामा गरी कुल ५२ गोल गरेका थिए ।

यस्तै सिटीकै मुख्य प्रशिक्षक पेप ग्वार्डिवाला वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।  हालाण्डले हालै पिएफए वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।