१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई पछि पार्दै हालाण्ड युईएफए वर्ष खेलाडी घोषित



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्याण्ड यूईएफ वर्ष खेलाडी घोषित भएका छन् । बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्याण्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

हाल्याण्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका मिडफिल्डर केभिन डी ब्रुयनालाई पछि पारे । अर्जेन्टिनी कप्तान लियोनल मेसी दोस्रो र डी ब्रुयना तेस्रो स्थानमा रहे ।

हाल्यान्डले सिटीबाट गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि गरी ट्रेबल जितेका थिए । गत सिजन सिटीले ‘ट्रेबल’ जित्दा हाल्यान्डले सबैखाले प्रतियोगितामा गरी कुल ५२ गोल गरेका थिए ।

यस्तै सिटीकै मुख्य प्रशिक्षक पेप ग्वार्डिवाला वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।  हालाण्डले हालै पिएफए वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।