३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शरीरमा आवश्यक प्रोटिनको मात्रा पुगे-नपुगेको यसरी थाहा पाउनुहोस्

शरीरमा आवश्यक प्रोटिनको मात्रा पुगे-नपुगेको यसरी थाहा पाउनुहोस्
अ+ अ-

काठमाडौं । प्रोटिन शरीरलाई नभई नहुने पोषक तत्व हो । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले शरीरको ढाँचा तयार पार्छ र यो सब प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको अभावमा तपाइको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।

शरीरलाई स्वास्थ्य राख्न फ्याट, सोडियम, पोटासियम, कार्वोहाड्रेट, सुगर, भिटामिन, क्याल्सियम, आइरन र प्रोटिनको अत्यन्त आवश्यकता पर्छ । यी सबैको सन्तुलनले नै शरीरलाई स्वस्थ्य राख्दछ ।यी सबैमध्ये हड्डी, मांसपेशी र मुटुको स्वास्थ्यका लागि प्रोटिन अत्यन्त आवश्यक तत्त्व हो । हरेक पोषक तत्त्वझैं शरीरलाई प्रोटिनको पनि निश्चित मात्रामा आवश्यकता पर्छ । तर, प्रोटिन धेरै हुनु अथवा कम हुनु दुवै स्वास्थ्यको लागि हानिकारक छ । विशेषगरी यसको कमीले मानिसको शरीर कमजोर हुनुका साथै अन्य समस्या पनि देखा पर्न सक्छ । यो पर्याप्त मात्रामा नहुनाले मांसपेशी र हड्डीका साथै मुटुसम्बन्धी अुनेक समस्या उत्पन्न हुन सक्छ । यसको कमीले शरीरमा यस्ता समस्याहरू हुन सक्छन् :

तौल अचानक कम हुँदै जानु : सामान्यतया मानिसको तौल घटबढ भइरहन्छ । तर, यदि शरीरमा प्रोटिनको मात्रा कम छ भने शरीरलाई आवश्यक प्रोटिन यसले मांसपेशीलाई टुक्राएर मांसपेशीबाट लिन थाल्छ र अचानक तौलमा तीव्र गतिमा कमी आउँछ ।

हेमोग्लोबिनको कमी : हेमोग्लोबिन अर्थात् सेतो रक्तकोषिका प्रोटिनबाट नै बन्ने भएकाले शरीरमा प्रोटिनको कमी भएमा हेमोग्लोबिनमा कमी आउँछ र यसले प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ ।

कपाल कमजोर हुनु : तौल कम हुनुका साथै प्रोटिनको कमीले कपाल पनि कमजोर हुँदै जान्छ । कपाल पलाउन पनि प्रोटिनको आवश्यकता हुन्छ । त्यसैले प्रोटिनको कमीले कपाल कमजोर हुने, कपालमा हाँगा पलाउने, झर्ने जस्ता समस्या देखा पर्न थाल्छ । त्यस्तै, नङ कमजोर हुनुले पनि शरीरमा प्रोटिनको कमी भएको सङ्केत गर्छ ।

शरीरमा एडेमा (पानी फोका) हुनु : प्रोटिनको कमीले एडेमा अर्थात् शरीरको केही भागमा पानी फोका देखिन सक्छ । प्रोटिनले शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने भएकाले यसको कमी भएमा शरीरमा पानीको मात्रा असन्तुलित हुन गई यस्ता समस्या देखा पर्छन् । विशेषतः हातपाउमा यस्तो समस्या देखिन सक्छ ।

अन्य समस्या : छाला फुस्रो हुनु अथवा छालामा धर्सा देखिनु पनि प्रोटिनको कमीका कारण हुन सक्छ । शरीर कमजोर भएको महसूस हुनु, निद्रा धेरै लाग्नु, घाउ लागेको छ भने ठीक हुन धेरै समय लाग्नु बारम्बार भोक लाग्नु, मांसपेशी र जोर्नी दुखिरहनु, शरीरमा ऊर्जाको कमी हुनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, थकानको महसूस हुनु आदि प्रोटिनको कमीले हुने समस्याहरू हुन् ।

अहिले यस्ता समस्या अधिकांश व्यक्तिमा देखिने गरेको छ । प्रोटिनको कमीले सामान्यदेखि गम्भीर समस्या पनि देखा पर्न सक्छ । सन्तुलित आहारको कमी, प्रोटिनको स्रोत राम्ररी थाहा नहुनु, नियमित एकै प्रकारको आहार गर्नु आदि कारणले शरीरमा प्रोटिनको कमी हुन गई माथि उल्लिखित समस्याहरू शरीरमा देखिन सक्छन् । त्यसैले शरीरमा प्रोटिनको मात्रालाई सन्तुलित राखिराख्नु आवश्यक छ । कतिपय मानिस प्रोटिनको आवश्यकता खेलाडी र बडीबिल्डरलाई मात्र हुन्छ भन्ने सोच्छन् । यो अत्यन्त गलत हो । हरेक व्यक्तिलाई प्रोटिनको आवश्यकता हुन्छ ।

प्रोटिन माछा, मासु र अण्डामा प्रशस्त मात्रामा पाइने भएकाले ननभेज खानेलाई यसको समस्या कम भए पनि शाकाहारी मानिसलाई भने माछामासुबाहेक प्रोटिन पाइने आहारको जानकारी कम हुने गरेकाले प्रोटिनको कमीले यस्तो समस्या धेरै देखिने गरेको छ । दूध, चिज, पनिर, टोफु, नौनी, गेडागुडी, दाल, सोयाबिन, फर्सी–काँक्रो आदिको बियाँ, गहुँको रोटी, पालुङ्गोको साग, जौ को रोटी र चिउरा आदि प्रशस्त मात्रामा प्रोटिन पाइने शाकाहारी आहार हुन् ।

प्रोटिनको कमी हुँदा के हुन्छ ?

पातलो रौँ : शरीरको रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

आँखा सुन्निने : प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

थकान : प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

भोक लाग्नु : प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

विसन्चो हुनु : स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

झाडापखाला : झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

कस्ता खाद्यपदार्थमा धेरै प्रोटिन पाइन्छ ?

दाल : दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यसप्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ ।

अण्डा : अण्डा प्रोटिनको राम्रो स्रोत हो । अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अण्डा खानु राम्रो हुन्छ । यसमा कोलिनलगायतका दर्जनौं भिटामिन र खनिज तत्वहरु पाइन्छ ।

गेडागुडी : गेडागुडी पनि प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो । यिनै तत्वहरु शरिर विकासका लागि चाहिन्छ । यसका साथै यो फाइबरको राम्रो स्रोत भएकाले शरिरमा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ ।

सखरखण्ड : सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो ।

होल ग्रेन : होल ग्रेनमा फाइबर र पोषक तत्व उच्च मात्रामा हुन्छ । यसमा एन्टीअक्सिडेन्ट, मिनरल सेलेनियम हुन्छ भने यसमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ ।

ओखर : ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ ।

दही : दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शरीर स्वस्थ राख्न पनि मद्दत पुर्याउँछ ।

गाढा हरियो सागसब्जी : पालुंगोजस्ता सागसब्जी पनि सुपरफुड मानिन्छन् । यिनीहरु भिटामिन र पोषकतत्वले भरिपूर्ण हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ ।

बोसोरहित मासु : बोसोरहित मासु उच्च प्रोटिनको मुख्य स्रोत हो । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ । तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ ।

विभिन्न रंगका फलफूल तथा तरकारी : हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले विभिन्न पोषक तत्व प्राप्त हुन्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ ।

शरीर स्वस्थ राख्न यस्ता नियम पुर्याएर खानुपर्छ यी खानेकुरा :

स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकता अनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ । किनभने, असन्तुलित भोजन र आवश्यकभन्दा बढी खानाले स्वास्थ्यमा असर पुर्याउँछ । कहिले टन्न खाने र कहिले खाँदै नखाने बानीले स्वास्थ्यमा खराब असर पार्छ । सकेसम्म मासु सेवन गर्नुहुँदैन । यदि गरिहालेमा पनि ३ देखि ५ पिस मात्र सेवन गर्नुपर्छ । मानिसको स्वास्थ्यका लागि रातो मासु अत्यन्त हानिकारक हुने भएकाले यसको सेवन नगर्दा राम्रो हुन्छ ।

तौल र उचाइअनुसार खानाको मात्रा मिलाउन जरुरी हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ । कहिल्यै पनि पेट टम्म हुने गरी खानुहुँदैन । डिनरमा त्यति धेरै खाने बानी गर्नुहुँदैन । किनकि, रातमा शारीरिक क्रियाकलाप नहुने भएकाले खाना पच्न समय लाग्छ । खाना अपचले मोटोपनको समस्या निम्त्याउँछ ।

हामीले पानी पिउँदा पनि होसियारी अपनाउनुपर्छ । कहिल्यै पनि एकैपटकमा धेरै पानी पिउनुहुँदैन । दैनिक कम्तीमा डेढदेखि २ लिटरसम्म पानी पिउनुपर्छ, तर थोरै–थोरै गरी । एकैपटक बढी पानी पिउँदा किड्नीमा असर पुग्न सक्छ । दैनिक आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुराको अत्यधिक प्रयोग गर्नुपर्छ ।

बिहान उठेपछि खाली पेटमा मनतातो पानी सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा थुप्रै फाइदा पुर्याउँछ । दैनिक रूपमा ४–५ पटक खानुपर्ने हुन्छ । त्यसैले थोरै, तर छोटो–छोटो समयमा खान आवश्यक हुन्छ । (एजेन्सीको सहयोगमा)