७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्टफोन किन्न जाँदा ध्यान दिनुपर्ने यी ७ कुराहरु !



अ+ अ-

काठमाडौं । के तपाई नयाँ स्मार्टफोन किन्न खोज्दै हुनुहुन्छ ? बजारमा बिभिन्न ब्राण्डका फोनहरु देख्न सकिन्छ । हामीलाई मोबाईल किन्दा के के कुराहरुलाई ध्यान दिनुपर्छ भन्ने जानकारी नहुदा मोबाईल किन्ने काम धेरै नै झन्झटीलो हुने गर्दछ । यहाँ हामी तपाईलाई मोबाईल किन्दा सामान्यतया के के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने बारेमा बताउन गईरहेका छौँ ।

अपरेटिंग सिस्टम

Operating System (OS) मोबाईलको सबैभन्दा आधारभुत कुरा हो । सामान्यत, मोबाईलमा २ प्रकारका अपरेटिंग सिस्टम हुने गर्दछ । त्यो भनेको Apple को IOS र Google को Android हुन् । बजारमा Blackberry OS, Windows OS, Garnet OS, Open Web OS जस्ता अन्य अपरेटिंग सिस्टम पनि पाईने गर्दछन् तर यस्ता अपरेटिंग सिस्टम प्रचलनमा भने कमै मात्र देखिन्छन् । अपरेटिंग सिस्टम मोबाईलमा एप्लीकेसन तथा प्रोग्राम रन गर्नकालागी प्रयोग गर्ने गरिन्छ । जसरी इन्जिन बिना गाडी गुड्न सम्भव हुदैन त्यसरी नै OS बिना एप्लीकेसन तथा प्रोग्रामहरु रन गर्न सम्भव हुदैन । यो Windows अपरेटिंग सिस्टम कै परीमार्जित रुप हो जसलाई स–साना डीभाइस मा प्रयोग गर्नकालागी बनाइएको हो ।

बजेट

मोबाईल किन्दा ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण पाटो भनेको बजेट हो । तपाई कस्तो फोन किन्दै हुनुहुन्छ भन्ने कुरामा तपाईको बजेटले धेरैनै प्रभाव पार्ने गर्दछ । आजभोलि बजारमा सामान्यतया, ८ हजार देखी १ लाख वा सो भन्दा माथि मुल्यका मोबाईल फोनहरु उपलब्ध छन् ।

  • इन्ट्री लेभल: रु १५,०००
  • मध्यम रेन्ज: रु २५,००० देखि ४०,०००
  • फ्य्लागशिप (Flagship): रु ४०,००० देखि माथि 

हरेक बर्ष धेरैजसो मोबाईल कम्पनिहरुले नयाँ नयाँ बिषेशताहरुका साथ बिशेष प्रकारका फोनहरु बजारमा ल्याईरहेका हुन्छन् । जसले हामीलाई दु्रतरुपले बढ्दै गएको प्रविधिसँग जोडीनका लागी मद्दत गर्दछ । यस्ता फोनहरु लामो समयदेखी ग्रहाकले प्रतिक्षा गरेर बसेका हुन्छन् भने अन्य फोन भन्दा महंगो पनि हुन्छ । तथापि यस्ता मोबाईलफोनहरुको रिलिजले अन्य फोनहरुको मुल्य कम हुन जान्छ जसले गर्दा ग्राहकले सस्तो मुल्यमा किन्न सक्छन् ।

डिजाइन

डिजाइन भन्ने बितिकै मोबाईलको स्क्रिन साइज, आवरण, त्यसमा प्रयोग गरिएको  सामाग्रीतथा त्यसको समग्र स्वरुप पर्दछ । तपाईले फोन समातिरहदा कस्तो महशुस हुन्छ वा कस्तो देखिन्छ भन्ने कुरा पनि महत्वपुर्ण कुरा हो । तपाईले सायद लामो समय देखि फोन प्रयोग गर्दै आउनु भएको छ होला तर अन्य चिज जस्तै फोन प्रयोग गर्दा पनि आफुलाई सहज महशुस हुनु अत्यन्त जरुरी हुने गर्दछ । सामान्यतया, मोबईल फोनहरुको डिस्प्लेको स्क्रिन साइज ५ देखि ६ इन्चको हुने गर्दछ । समय र बिकासक्रमको गतिसँगै मोबाईल फोनहरुको डिजाईनमा समेत परीवर्तन आउन थालेको छ । बजारमा फरक फरक कलर र डिजाइनका फोनहरु देख्न सकिन्छ । धेरै मानिसहरुले फोन किन्दा डिजाइललाई एकदमै ख्याल गर्ने गरेको पाइन्छ । यि बाहेक मोबाइल किन्दा ध्यान दिनुपर्ने अन्य कुराहरु यसप्रकार छन् ।

  • Curved screen
  • Bezel in screen
  • Having Notch or not
  • Glass or metal back
  • Screen resolution

क्यामेरा

मोबाइल कम्पनिहरुकोलागी क्यामेरा यस्तो फिचर हो जसको कारणले गर्दा उनीहरुले आफ्नो फोन बजारमा सहजै बेच्न सक्छन् । आजभोलि प्राय सबैजसो फोनहरुमा राम्रो मेगापिक्सेलका क्यामेरा हुने गर्दछन् । साथै फ्रन्ट, ब्याक क्यामेराका साथै डबल क्यामेरा समेत हुने गर्दछ । फोटो तथा भिडियो कत्तिको गुणस्तरीय छन् भन्ने कुरा क्यामेराको मेगापिक्सेल र इमेज साइज भन्दा पनि मोबाइलमा भएको सेन्सर, चिपसेट, सफ्ट्वयर प्रोसेसिङ, तथा एपाचरमा भर पर्दछ । त्यसैले, यदि तपाई अफ्नो बजेट भित्र राम्रो क्यामेरा सहितको फोन किन्न चाहनुहुन्छ भने specification भन्दा पनि फोटो तथा भिडियोको क्वालिटी तुलना गर्नु जरुरी हुने गर्दछ । 

 स्टोरेज 

मोबाइल स्टोरेज भन्नाले मोबाईले डाटा स्टोर गर्न सक्ने क्षमता हो । मोबाईलमा कम्तिमा पनि ३२ जिबिको स्टोरेज भएमा सामान्य केहि याप, फोटो तथा भिडियोहरु राख्न सकिन्छ । बजारमा आजभोलि microSD card सहितका त्यो भन्दा धेरै जिबि का फोनहरु पाइने गर्दछ । तपाईको मोबाईलको memory space को साथ साथै तपाईको मोबाईलमा RAM कति छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ जसले तपाईको मोबाईललाई slow हुन तथा hang हुन बाट बचाउने गर्दछ । सामान्यत, ३२ GB storage का लागी ३ GB RAM र ६४ GB storage का लागी ४ GB RAM हुनु उपयुक्त मानिन्छ । तपाई आफ्नो मोबाईलमा के कस्ता प्रकारका data हरु राख्न चाहनुहुन्छ बिश्लेषण गर्नुहोस् र आफ्नो बजेटले भ्याएसम्म सबैभन्दा धेरै स्टोरेज भएको फोन छान्नुहोस् ।

 ब्याट्री

मोबाईल किन्दा जहिले पनि ब्याट्री कति समयसम्म टिक्छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । यदी तपाई लामो समयसम्म ब्याट्री चार्ज गर्न सक्नुहुन्न भने त झनै बढी ध्यान दिनुपर्ने हुन्छ । सामान्यत, स्मार्ट फोनहरुमा ४००० mAh(मिलि एम्पियेर हावर) सम्मका ब्याट्री हुने गर्दछ । यदि तपाइ ब्याट्रीको साइज ठुलो हुदैमा ब्याट्री धेरै टिक्छ भन्ने सोच्नुहुन्छ भनेचाही बिलकुल गलत सोच्दै हुनुहुन्छ । मोबाइलमा ब्याट्रीको साइज कत्रो छ भन्दा पनि मोबाईल एक पटक चार्ज गरेपछी कति समयसम्म टिक्छ भन्नेकुरा महत्वपुर्ण हुने गर्दछ ।

पर्फामेन्स

मोबाईल किन्दा ध्यान दिनुपर्ने अर्को मुख्य कुरा भनेको नै processor हो । जति राम्रो quality को processor भयो मोबाईलले त्यतिनै राम्रो काम गर्न सक्छ । आजभोलि बिभिन्न कम्पनिहरुले processor बजारमा ल्याएका छन् । जसरी CPU बिना Computer चल्दैन त्यसरीनै processor बिना मोबाईल चलाउन सम्भव हुदैन । यदि तपाईको मोबाईलको processor quality राम्रो छैन भने जतिनै धेरै RAM को मोबाईल भएपनि राम्ररी काम गर्न सक्दैन । तर कम्तिमा पनि २ GB RAM भने हुन जरुरी हुने गर्दछ । आजभोलि सामान्यत मोबाइलहरुमा Quad core processor को प्रयोग गरेको पाईन्छ तर तुलनात्मक रुपमा महंगा र राम्रा फोनहरुमा भनै Octa core processor को प्रयोग गरेको पाईन्छ । यदि तपाई लामो समयसम्म मोबाईलमा game खेलेर समय बिताउने गर्नुहुन्छ भने तपाईको मोबाईलमा GPU(Graphic Processor) पनि हुन जरुरी हुन्छ ।

अन्य कुराहरु (बोनस)

  • Sensors- Fingerprint, Accelerometer, gyro, proximity, compass
  • Fast charging/wireless charging
  • Headphone slots and Jack
  • Durability- Water and heat resistance
  • Chipset and RAM
  • Face Unlocking/ AI
  • Startup time of applications

(एजेन्सीको सहयोगमा)