१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विविध संस्कृति, परम्पराले सम्पन्न हाम्रो देश नेपालमा मनाइने विभिन्न चाडपर्वहरूले नेपालीहरू बिचको आपसी प्रेम, सद्भाव र भातृत्वलाई अझै प्रगाढ बनाउने बताउनुभएको छ ।

जनै पूर्णिमा, रक्षा बन्धन, गाईजात्राको हार्दिक शुभकामना दिँदै उहाँले सनातन परम्परा अनुसार आज मनाइने जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राले पनि आफ्नै विशिष्ट महत्व बोकेको उल्लेख गर्नुभएको छ ।

“तागाधारी समुदायमा उपनयन गरेका व्यक्तिहरूले विधिवत जनै फेर्ने यस दिनमा रक्षा कवच स्वरुप हातमा गुरुहरूद्वारा अभिमन्त्रित रक्षा बन्धन समेत बाँधिन्छ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “साथै, वर्षायामको बेला शरीरलाई उर्जा दिनको लागि विभिन्न ९ किसिमका गेडागुडी मिश्रित परिकार खाने दिन पनि आज नै हो ।”

विशेषत: नेवार समुदायले आफ्ना दिवंगत प्रियजनको सम्झनामा मनाउँदै आएको गाईजात्रा पर्व पनि आजै मनाइँदैछ भन्दै पूर्वराष्ट्रपति भण्डारीले फरक नाम र फरक महत्वका साथ मनाइने यी पर्वहरूको साझा लक्ष्य नेपाली–नेपाली बीचको आपसी सद्भावलाई थप बलियो बनाउने पनि हो भन्नुभएको छ ।

देश, काल र परिस्थितिजन्य परिबन्धमा फाटिएका मनलाई पुन: जोड्ने विशेषता हाम्रो चाडपर्वहरूमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “धर्म , संस्कृति, भाषा, भौगोलिक अवस्थितिको अनेकतालाई चिर्दै हाम्रा महान चाडपर्वहरूले विश्वभरि रहेका सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्न सकुन् ।”




भर्खरै