१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप एसिया छनोट: नेपालले आज मलेसियासँग खेल्दै



अ+ अ-

काठमाडौं । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसियको कलालाम्पुरस्थित बायुमास ओभलमा हुन लागेको खेल नेपाली समयअनुसार बिहान ७: १५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा समूह ए मा नेपालसँगै बहरान, भुटान, मलेसिया, कतार र युएई रहेका छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा दुबै समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले भने २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन् ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपाल विश्वकप छनोटमा विजयी सुरुवात गर्न चाहन्छ । अघिल्लो साता भएको चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालको टोली:

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।




भर्खरै