१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड

गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड
अ अ+ अ-

काठमाडौँ । मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

ट्याक्सएड एलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) द्वारा आज काठमाडौँमा आयोजित ‘शिक्षक व्यवस्थापन र शिक्षकमा लगानी सम्वाद कार्यक्रम’ का सहभागीहरुले सो कुरामा जोड दिनुभएको हो । उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले मुलुकमा गुणस्तरीय शिक्षाको विकास र प्रवद्र्धनका लागि शिक्षकको व्यवस्थापन पनि एक महत्वपूर्ण विषय रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले विसं २०५६ पछि कुनै नयाँ दरबन्दी नथप्नु विडम्बना रहेको औँल्याउनुभयो । शिक्षाको गुणस्तर खस्किनुमा शिक्षकलाई मात्र दोष नदिई शिक्षक व्यवस्थापनमा राज्यलाई प्रश्न गर्नुपर्ने बताउनुभयो ।

शिक्षक विद्यार्थीको अनुपात ७६ हजार भन्दा धेरैले फरक रहेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा शिक्षकलाई दोष लगाउनु अगाडि शिक्षा क्षेत्रमा बजेट बढाएर मात्र यस क्षेत्रबाट लाभ खोज्नु आजको मुख्य आवश्यकता हो ।”

यसैगरी यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तानले विद्यार्थीहरुमा अन्यौलता व्यापक देखिएको बताउनुभयो । शिक्षण पेसामा आकर्षण घट्दै गइरहेको र नयाँ शिक्षक थपिए पनि प्रधानाध्यापकको दरबन्दी भने उही रहेको उहाँको भनाइ छ ।

प्रधानाध्यापकको दरबन्दीलाई विशिष्टीकृत गर्दै लैजान आजको आवश्यक रहेको मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको बजेटले विद्यालयहरु चल्ने अवस्था नरहेको र यस्तो अवस्थामा गुणस्तर खोज्नु नै मूर्खता हो भन्नुभयो । उहाँले ऐन मात्र बन्दैमा शिक्षाको विकास नहुने र बजेट तथा अन्य व्यवस्थापन राम्रो हुने बताउनुभयो ।

एक्सनएड नेपालका निति तथा कार्यक्रम विभाग प्रमुख सरोजकुमार पोखरेलले विद्यालयमा शिक्षक र शिक्षाको मात्र कुरा गर्नुभन्दा पनि बालबालिकाप्रति जवाफदेहिता आवश्यक रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिबृद्धिमा काम गर्नुपर्ने बताउनुभयो ।

नेपालको संविधान २०७२ ले शिक्षालाई नि:शुल्क तथा गुणस्तरीय शिक्षा हरेक नागरिकको मौलिक हकका रुपमा धारा ३१ मा सुनिश्चित गरेको सो कार्यक्रममा जानकारी गराइएको थियो । संविधानको भाग ३ को दफा ३४ मा रहेको श्रमको हकबाट प्राप्त भएको टे«ड युनियन अधिकार शिक्षकहरुले पनि प्रयोग गर्न पाउने उल्लेख छ । संविधानले विद्यालय तहको शिक्षा अनुसूची ८ मा स्थानीय र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा सूचीमा राखेको छ । तीनवटै तहका सरकारहरूले सरकारी स्तरबाट शिक्षामा पर्याप्त लगानी नगरिएको सहभागीहरुको आरोप थियो ।

शिक्षालाई व्यवहारिक रुपमै नि:शुल्क तथा गुणस्तरीय बनाउनका लागि शिक्षकको व्यवस्थापन एवं शिक्षकसँग सम्बन्धित मूद्दालाई तीनै तहका सरकारले महत्वका साथ सम्बोधन गर्न अनिवार्य रहेको सहभागीको भनाइ छ । शिक्षक दरबन्दी पुनर्वितरण प्रतिवेदन २०७५ ले मुलुकभरका विद्यालयमा थप ५६ हजार सात सय ७४ दरबन्दी आवश्यक देखाएको छ । सन् २०१८ को शिक्षाका लागि राष्ट्रिय सञ्जालद्वारा गरिएको अध्ययनअनुसार ७६ हजार सात सय आठ शिक्षकको अभाव रहेको समेत जानकारी गराइएको थियो ।

सरकारले दरबन्दी दिएकालाई स्थायी बनाइसक्दा पनि विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी मिलान भएको अवस्था नभएको र त्यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ तथा शिक्षाको गुणस्तरमा परेको सहभागीको बुझाइ रहेको छ । निजी विद्यालयहरुले अव्यवस्थित ढंगको सञ्चालनले नि:शुल्क तथा अनिवार्य शिक्षाको संवैधानिक व्यवस्थालाई असर गरिरहेको र शिक्षकहरुलाई न्यूनतम सेवासुविधा तथा आधारभुत सेवासुविधा पनि प्रदान नगरिएको शिक्षक संगठनहरुको आरोप छ ।