२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसिया कप खेल्ने आठौं टोली बन्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपालले आज उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यससँगै एसिया कपमा डेब्यू गर्ने नेपाल आठौं टोली बन्ने भएको छ ।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि नेपाल एसिया कप खेल्ने आठौं टोली बनेको हो । एसोसिएट टोलीमा भने नेपाल हङकङ र युएईपछिको तेस्रो टोली बन्नेछ ।

नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल खेल्दैछ । नेपालका कप्तान रोहित पौडेल मुल्तानमा विश्व क्रिकेटका नम्बर एक ब्याट्सम्यान तथा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन् । उक्त क्षण नेपाली क्रिकेटलाई विश्वले हेर्ने र चिन्ने समय रहेको छ ।

क्रिकेट इतिहासमै नेपालले पहिलो पटक रिभ्यु लिनसमेत पाउने एसीसीले जनाएको छ । खेलका दौरान अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत लागेमा १५ सेकेण्डभित्र कप्तान रोहित पौडेलसँगै अन्य ब्याटरले रिभ्यु लिन पाउने छन् ।

आजदेखि सुरु हुने एशिया कपमा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) उपलब्ध गराइनेछ । धेरै पटक नेपाली खेलाडी अम्पायरको गलत निर्णयको शिकार हुँदै आएकोमा अब यसबाट नेपाललाई राहत मिल्ने देखिएको छ । नेपालसहित एसोसिएट टोलीले यसको सुविधा पाउन सकेका छैनन् किनभने यो प्रविधि निकै महँगो हुन्छ ।

एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । भारतले ७ पटक एसिया कपको उपाधि जित्दा श्रीलंकाले ६ र पाकिस्तानले दुईपटक उपाधि जितेको छ ।

नेपालको टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।