२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: भोली नेपाल र पाकिस्तान भिड्दै



अ+ अ-

काठमाडौँ । भोलीदेखि एसीसी एसिया कप क्रिकेट–२०२३ सुरु हुदैछ । कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा हुन लागेको उद्घाटन खेल नेपाली समयअनुसार दिउँसोको ३:१५ बजेबाट सुरु हुनेछ ।

नेपाल र पाकिस्तानबीचको खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग खेल्नेछ । भारत आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान नमानेपछि भारतका खेलहरु श्रीलंकामा हुन लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कप खेल्दैछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्न लागेको हो । सँगै, नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालको एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।

पाकिस्तानको एसिया कप खेल्ने टोली:
बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शादब खान(उपकप्तान), शाहिन शाह अफ्रिदी, साउद सकिल, उस्मा मिर, फहिम अशरफ ।