१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भाद्र २४ गतेदेखि बिपी साहित्य महोत्सव आयोजना गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ ।

काँग्रेसले बिपी कोईरालाको भाद्रा २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो ।

कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते काँग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरु अन्र्तगत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शिर्षकमा चल्ने भएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा पुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शिर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । महोत्सवमा कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी समेत हुने उहाँले बताउनु भयो ।

काँग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो ।