५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म र ईश्वर



अ+ अ-

पदार्थकाे अन्तरनिहित गुण धर्म हाे। जस्तो पानीको गुण तरलता हााे। हाइड्रोजन र अक्सिजनकाे अणु पानीको सत्ता हाे।

पदार्थमा गुण र सत्ता अभेद्य छन। पानीको धर्म सितलता हाे।सबै पदार्थकाे कठोर गुण र धर्म हुन्छ। विज्ञानले पदार्थलाई जति टुक्रा र मिस्रण गरेपनि यसकाे गुण यथावत हुन्छ। आफूले दिने धर्म पदार्थले सबै अवस्थामा त्याग गर्दैन। पदार्थ आफ्नो गुण र धर्ममा स्थित हुँदा आफ्नो सत्तामा हुन्छ। प्रकृति र चेतनाको अवस्थामा यो स्वयम्भू छ । मान्छेको बुद्धि र विवेकले यही स्वयम्भूलाई ईश्वर मान्छ। पदार्थमा ईश्वरको सत्ता पूर्वीय दर्शनको अद्वैत वेदान्त हो।

जसलाई बुद्ध दर्शनले शून्यवाद मान्छ। यति गहिरो सम्म पदार्थको गुणवत्ता र सत्ताको आधारमा ईश्वरीय चिन्तन मान्ने धर्म अर्को छैन। पाश्चात्य दर्शनले पदार्थको सत्तालाई अस्तित्व मान्छ। ईश्वर मान्दैन। विज्ञानले उर्जा भित्रको सत्ता अभेद्य मान्छ। ऊर्जाको आफ्नै नियम छ। जुन नियमलाई पूर्वीय दर्शन र बुद्ध दर्शनले ईश्वर भन्छ । यहि फरकले बिज्ञान र अध्यात्म सधैंभरी आफ्नै मतको खोजीमा हुन्छन्।पदार्थमा धर्मको अनुशासन कठोर हुन्छ। हिन्दुधर्ममा यसलाई ईश्वर प्राप्तिको माध्यम मानिन्छ। स्वयम् पदार्थ आफूमा स्थित भएपछि ईश्वर बन्छ। यही भावलाई गीता, उपनिषद, पुराण, बाइबलमा इश्वरको नाम दिइएको छ। पदार्थको निरपेक्षमा ईश्वर छैन। पदार्थकै सत्ता भित्र ईश्वरको उपस्थिति छ।

आजसम्मकाे दर्शन र शास्त्रले पदार्थ निरपेक्ष ईश्वरको परिकल्पना गरेको छैन।यही अर्थमा धर्म अनुशासन हो। प्रकृतिमा सबै अनुशासित छन्। मान्छे बाहेक कसैले आफ्नो धर्म छोडेको छैन। बाघलाई जति प्रलोभन दिएपनि घाँस खाँदैन। कुकुरले आफ्नो गुण परिवर्तन गर्दैन। उसको बानी र व्यवहार तालिमबाट परिवर्तन हुनसक्छ तर उ धर्ममा स्थित हुन्छ। रुख, बिरुवा ,प्राणी, ढुङ्गा, माटो, हावा, प्रकृति सबै आफ्नो अनुशासनमा स्थिर छन् ।किनकि यिनमा चेतना मात्र छ। मान्छे यस्तो प्राणी हो जोसँग विवेक छ । विवेक मानिसभित्रको धर्म हाे। विवेककाे विभेदले धर्मलाई राजनीति, व्यापार, संस्कृति, संस्कार, र आफ्नो स्वार्थ अनुकूल जीवनपद्धति बनायो ।

मान्छेको यही स्वार्थ ले ठूला युद्ध भए। देश विभाजित भए ।ठुला संस्कृतिको जन्म भयो। मानिस बिच विभेद भयो। मान्छेले प्राणीलाई आफूभन्दा फरक देख्न थाल्यो। प्राणी भित्र धर्म देख्नु मान्छेभित्रको स्वार्थ हो। आफूभित्रको धर्मलाई समाजको सापेक्षमा प्रयोग गरेर मान्छेले आफ्नो स्वार्थ पुरा गर्न थाल्यो । किनकि यहीँ डलर छ । पैसा छ। सबै थोक छ।

पश्चिमाहरु प्राणीको विभेद गर्दैनन् ।उनीहरु प्राणीलाई माया गर्छन्। प्राणीमा राजनीति गर्दैनन। तर धर्म मान्छन ।मैले फलानो मासु खाए वा भोज गरे भनेर विज्ञापन गर्नु धर्म होइन। आफ्नो धर्मको पालना गर्नु धर्म हाे। अर्काको धर्मको सम्मान गर्नु धर्म हो। भान्सामा खाएको कुरा उसको कर्म हो । यही कर्मले धर्मको निर्माण गर्दै जान्छ। पदार्थले ग्रहण गरेको कुरा उसको स्वभावमा देखिन्छ। स्वभाव उसको गुण हाे। विज्ञानले मानिसको शरिरलाई पदार्थ बाहेक अरु केहि मान्दैन।

आफ्नो धर्मको पालना गर्दा छिमेकीको धर्मको इज्जत गर्नु धर्मनिरपेक्षता हाे। किनकि सबै आफ्नो धर्ममा छन। धर्मभित्र ईश्वर पाइन्छ तर यो आवाजमा छैन। अनुशासनमा छ। धर्म नबुझ्नेले धर्म परिवर्तन गर्छ ।धर्म भित्र स्वार्थ खोज्नेले मात्र यसको विकल्प खोज्छ। किनकि धर्म परिवर्तन गरेपनि उ आफ्नै धर्ममा हुन्छ। उसको धर्म परिवर्तन हुँदैन। पदार्थले आफैलाई नचिने पछि उ छेउको शरण लिन पुग्छ ।

जस्तै फर्सीको बोटले थाङ्ग्राेको सहारा लिन्छ ।सहारा लिनु उसको धर्म होइन ,व्यवहार हो । धर्म त उभित्र स्वयं हुन्छ। स्वयम पदार्थ भित्र सबैथोक छ। स्वयम्भु मान्छेभित्र ईश्वर छ। ईश्वरत्व मान्छेको गुण हो। अर्को सत्ता होइन ।धर्मभित्र राजनीति गर्ने ,पैसा कमाउने ,प्रभाव पार्ने कारणले मात्र मान्छेले अर्कोको दोहनमा आफ्नो धर्म देख्छ ।योभन्दा ठूलो अज्ञानता र अबिश्वास अर्को छैन। तर पुरै मान्छे किन हो यसैमा युक्त छ।अध्यात्म र विज्ञान दुबैले यसलाई स्वीकार गर्दैन।




भर्खरै